२८ असार २०८३, आइतबार

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको अवस्था चिन्ताजनक

असार २७, २०८३
काठमाडौं
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको अवस्था चिन्ताजनक

 सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए।

उनका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग गम्भीर रूपमा जलेको छ भने स्वास्थ्य अवस्था अत्यन्त नाजुक छ।

मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनापछि उनलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्