२७ असार २०८३, शनिबार

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नम्बर ३, बन्दिपुरमा  एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । 

बैंकले  शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । 

उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोलाप्रसाद पोखरेल एवम्  माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा  उद्घाटन  गरेका थिए । 

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।  
 

कमेन्ट गर्नुहोस्