०८ असार २०८३, सोमबार

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक

ब्ल्याक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोस्रो संस्करणकी फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ । गीतमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित विष्णु भट्टकै रहेको छ ।

ब्ल्याक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ । ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह– निर्देशन गरेका छन् । 

गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ । भिडियोमा मोहन कुमारको छायांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गीतलाई  मिक्सिङ/मास्टरिङ र एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन् भने प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो ।

 

salt training

कमेन्ट गर्नुहोस्