×

NMB BANK
NIC ASIA

दशैंकाे चहलपहल

दशैं मनाउन मूलथलो फर्कनेको नाकामा घुँइचो [भिडियो कथा]

असोज १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालीहरूको महान चाड दशैं शुरू भएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरूमा सवारी साधनको चाप बढेको छ । शनिवार काठमाडौंमा प्रमुख नाकाहरूमा लामो समयसम्म सवारी साधन जाममा परेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंबाट दैनिक लाखौँको संख्यामा मानिसहरू बाहिरिरहेका छन् । कोरोना महामारीका कारण लगातार दुई वर्ष राम्रोसँग दशैं मनाउन नपाएका नेपालीहरू यसवर्षको दशैं हर्षोल्लासका साथ मनाउने तयारीमा छन् । कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेकाले बाहिरी जिल्लाबाट काठमाडौं आएकाहरू दशैं मनाउन फर्किरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज १० गते सोमवारदेखि शुरु भएको दशैं मनाउन उल्लेख्य मात्रामा सर्वसाधारण बाहिरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । दशैंको सार्वजनिक बिदा शुरू भएसँगै काठमाडौं उपत्यका छोड्नेको संख्या अझै बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने नाकाहरू कोटेश्वर, नागढुंगा, कलंकीलगायतका स्थानमा सर्वसाधारणको भीड छ । दशैंमा देशका विभिन्न शहरहरूबाट गाउँ फर्किनेको लर्को नै लागेको देख्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

शनिवार बिहान रामेछापका प्रजन लामा घर जानको लागि कोटेश्वरमा बस कुरेर बसिरहेका थिए । उनले बसको टिकट लिइसकेका थिए । यद्यपि, भनिएको समयमा बस आइनपुगेकाले उनी कुरेर बसिरहेका थिए । उनी अघिल्लो वर्षहरूमा निजी सवारीसाधनबाट घर जाने गरेका थिए । यसवर्ष निजी सवारी नभएपछि सार्वजनिक बसमा जान लागेको उनले लोकान्तरसँगको कुराकानीमा बताए । ‘सार्वजनिक सवारी साधनमा यात्रा गर्नु कष्टकर हुने रहेछ’, उनले दिक्दारी प्रदर्शन गर्दै भने, ‘ जस्तो कष्टकर भए पनि वर्ष दिनको चाडमा आफूभन्दा ठूलाको आशिर्वाद लिन घर जानै पर्‍यो ।’

शनिवार नै चरिकोटस्थित घर जान लागेका राजेन्द्र शाहीले अग्रिम बसको टिकट बुकिङ गरेका थिए । उनी परिवारसहित दशैं मनाउन घर जाने तयारीमा थिए । आफ्ना दुई छोरासँगै दशैंमा गाउँ जान हिँडेका उनी पनि शनिवार बिहान कोटेश्वरमै भेटिए । ‘सबैजना आफन्त, साथी भाई, इष्टमित्र एकै ठाउँमा जम्मा भएर रमाइलो गर्नको लागि दशैंमा गाउँ जान लागेको हो’, शाहीले योजना आफ्नो दशैं योजना सुनाए । 

दशैंको छैठौं दिनसम्म नयाँ बसपार्क, गौशाला, कोटेश्वरलगायतका स्थानमा घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x