०७ असार २०८३, आइतबार
दशैंको नयाँ नोट

दशैंलाई ५६ अर्ब रुपैयाँ बजारमा, नयाँ नोट मात्रै १६ अर्ब साटियो

असोज १६, २०७९
दशैंलाई ५६ अर्ब रुपैयाँ बजारमा, नयाँ नोट मात्रै १६ अर्ब साटियो

दशैंका लागि ५६ अर्ब रुपैयाँ बजारमा गएको छ । 

नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत साना र ठूला दरका उक्त परिमाणको नोट बजारमा पठाएको हो । 

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार यो दशैंमा ५ देखि १०० सम्मका साना दरका नयाँ नोट मात्रै १६ अर्ब रुपैयाँ साटिएको छ ।

साना दरका नोट गत वर्षको तुलनामा बढी साटिएको हो । गत वर्षको तुलनामा यो वर्ष साटिएको नयाँ नोट करीब २ अर्ब रुपैयाँले बढी बजारमा गएको नेपालले बताए ।

उनका अनुसार नयाँ नोट बजारमा गएसँगै ५ सय र १ हजार दरका नोट पनि बजारमा गएका छन् । 

नेपालका अनुसार यो वर्ष दशैंलाई ४० अर्ब रुपैयाँका ठूला दरका नोट बजारमा पठाइएको छ । चलनचल्तीमा भएका पुराना नोट बजारबाट आउने र राष्ट्र बैंकमा भएका नयाँ नोट बजारमा जाने गरेको छ ।

ठूला दरका नोट नयाँ र पुराना दुवै गएका छन् भने साना दरका भने नयाँ मात्रै बजारमा गएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो तीन वर्षमा बजारमा गएको नोटमा सबैभन्दा बढी १ हजार दरकै रहेको छ । १ हजार दरका २३ करोड ५२ लाख थान नोट बजारमा जाँदा साना दरका ५ को भने २२ करोड ७१ लाख रहेको छ । 

बजार गएका नोट पुरानो हुने, थोत्रिने गरेका कारण बर्सेनि राष्ट्र बैंकले झुत्रा नोट जलाउने गरेको छ ।

पछिल्लो एक वर्षमा राष्ट्र बैंकले बजारमा बैंककै तथा वित्तीय संस्था हुँदै राष्ट्र बैंक आएका ६ अर्ब २९ करोड रुपैयाँ बराबरको नोट जलाएको छ । 

हेर्नुहोस्, तथ्यांक :

salt training

कमेन्ट गर्नुहोस्