×

NMB BANK
NIC ASIA

दशैंमा दुर्गा मूर्तिले ल्याएको उमंग

असोज १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बडादशैंको आगमनसँगै पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगञ्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालगञ्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा २–३ वटा मूर्ति स्थापना गरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजा आजा र भजन कीर्तनले दशैंको उमंग ल्याएको छ । केही वर्ष पहिलासम्म शहर–बजारमा मात्र देखिने दूर्गा मूर्ति अहिले गाउँगाउँसम्म सजाइएका छन् ।


Advertisment
Nabil box
Kumari

दशैंको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने चलन बढेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले बताए ।

Vianet communication
Laxmi Bank

दुर्गा मूर्तिमा घटस्थापनाको दिनदेखि राति अवेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ । दुर्गा मूर्ति स्थापना भएपछि मात्रै दशैंको उमंग शुरू हुने गर्दछ । घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा उनको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ ।

नेपालगञ्जमा दशैंको भोलिपल्ट एकादशीको दिन दुर्गा भवानीको मूर्तिलाई राप्ती नदीमा लगेर विसर्जन गरिन्छ ।

नेपालगञ्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गापूजाको रौनकता छाएको छ । एकाबिहानैदेखि अबेर रातसम्म भजन, कीर्तन हुने गरेको छ । घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजन, कीर्तनमय भएको नेपालगञ्ज उपमहानगरपालिका–९ का अध्यक्ष गोविन्द रेग्मीले बताए ।

दुर्गा मूर्तिको स्थापनासँगै राति अवेरसम्म पनि नेपालगञ्जवासी बजारका चोक–चोकमा घुमिरहने रामलीला हेर्ने परम्परा जस्तै भएको उनको भनाइ छ । बाँकेका गल्ली, चोक, चौराह र मन्दिरमा करीब ४०० को हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको अनुमान छ । दुर्गा मूर्तिमा बालबालिकादेखि वृद्धवृद्धासम्म पूजा–आजा र भजन कीर्तनका लागि पुग्छन् ।

नेपालगञ्जका मुख्य सडक, चोक र गल्लीसमेतमा दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ । नेपालगञ्जका गल्ली–गल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

रातको समयमा मूर्तिमाथि केही हुन सक्ने खतरालाई मध्यनजर गरी सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x