कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारू समुदायको दशैं अन्य समुदायको भन्दा पृथक छ । अन्य समुदायले बडादशैंको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन छ ।
थारू समुदायका जानकारहरूका अनुसार यो समुदायले पृथक तरिकाले दशैं धुमधामसँग मनाउने गर्छन् । ‘दशैंमा विशेषगरी हाम्रो समुदायमा पितृपूजा हुन्छ’, थारू अगुवा बलबहादुर डगौराले भने, ‘थारूमा पनि विभिन्न थरी छन्, सबैको फरक फरक चलन छ ।’
उनका अनुसार थारू समुदायमा दशैंको टीका पनि सेतो लगाउने प्रचलन छ । तर पछिल्लो समय यो परम्परालाई छोडेर रातो टीका लगाउन थालेको उनले बताए । ‘हाम्रो परम्पराअनुसार दशैंमा सेतो टीका पाँच ठाउँमा लगाइन्छ’, उनले भने, ‘अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालिसके ।’
दशैंको पहिलो दिन घटस्थापनालाई ‘जिउरा ढर्ना’ दिन भनिन्छ । यस दिन बिहानै घरमूलीले पवित्र भएर रातोे माटो ल्याएर देउथान (देवता राख्ने ठाउँ) मा मकैको जमरा राख्छन् । कसैले दोस्रो दिन जमरा राख्छन् । जमरा राखेदेखि नै गाउँका सबैजना भलमन्साको आँगनमा भेला भएर रातभर सखिया नाच्ने गर्दछन् ।
तेस्रो दिन टेरो कुल थरका थारूहरूले पितृलाई विधिपूर्वक पूजा गर्छन् भने पञ्चमीको दिन दहित कुल थर भएका थारू समुदायले पितृपूजा गर्ने प्रचलन छ । उसलाई थारू भाषामा ‘सराढक’ दिन भनिन्छ । यो दिन महत्वपूर्ण दिन मानिन्छ । त्यसैगरी षष्ठी र सप्तमीमा चेलीबेटीहरूलाई निम्ता गर्ने, लुगाफाटा धुने, माछा मार्ने, तरकारीको जोहो गर्ने गरिन्छ । ‘सुकेको माछा र घरमा बनेको रक्सी बिना पितृपूजा अधुरै हुन्छ, मदिरा र माछा अनिवार्य हो’, स्थानीयवासी देवी चौधरीले भनिन्, ‘मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।’
महाअष्टमीको दिन विशेषतः ढिकुरी रोटी पुजिन्छ । यस दिनलाई थारू भाषामा ‘ढिक्रहवक’ दिन भनिने उनले बताइन् । चौधरीका अनुसार यस दिन सुँगुरको मार हान्ने प्रचलन छ । दिनभरि ढिकुरी बनाइन्छ । साँझपख गाउँको भलमन्साको आँगनमा गाउँका सबै भेला भएर सखिया नाचिन्छ ।
यो समुदायमा नवमीको दिन अझ महत्वपूर्ण दिन हो । यस दिनलाई थारू भाषामा ‘मुर्गैहवक’ भनिन्छ । पितृपूजा गर्दा भालेको बलि दिने भएकाले मुर्गेहवक दिन भनिएको जानकारहरू बताउँछन् । कुलअनुसार मुर्गाको संख्या घटीबढी हुने गर्दछ । बिहानै कुखुरा बासेपछि कुभिण्डाको भेडा छप्काइन्छ । बिहान कुखुराको बलि दिइन्छ । कुखुराको मासु, माछा, कुभिण्डो, रायोको साग र मदिरा पितृपुजनमा अनिवार्य खाना हुन् ।
‘कसैले चारवटा कुखुराको बलि दिन्छन्, कसैले सातवटाको बलि दिन्छन’, स्थानीयवासी सीता चौधरीले भनिन्, ‘विशेषगरी यो दिन पितृहरूको पूजा गरिन्छ ।’ पूजा गरिएको सामग्री, टपरी, पात र अन्य फोहर सबै बढारेर नजिकको नदी, खोला वा तलाउमा छोड्ने गरेको उनले बताइन् । यसलाई थारू भाषामा ‘पिट्टर पुहैना’ भनिने उनले बताइन् । यस दिन गाउँभरिका महिलाहरू परम्परागत पहिरनमा सजिएर ढकियामा खानपिन, रक्सीसहित पिट्टर पठाउन निस्कने प्रचलन रहेको चौधरीले बताइन् ।
दशमीका दिन घरमा पूजा गरेको जमरा र प्रसाद लगेर गाउँका भलमन्सा पुजारीलगायत ठूलाबडाको घरमा गएर आशीर्वाद लिने शिक्षिका सरिता चौधरीले बताइन् । ‘मान्यजनको घरमा टीका लगाउन पनि जान्छन्, टीका थाप्न पनि जान्छन्’, उनले भनिन्, ‘टीकाको दिन मान्यजन, इष्टमित्र सबै बसेर खाने र सखिया नाच्ने गर्छन् ।’ उनले कसैले पञ्च अन्न वा तीनवटा अन्नको जमरा राख्ने चलन भए पनि पछिल्लो समय यो लोप हुँदै गएको बताइन् ।
उनका अनुसार यो समुदायमा विशेषगरी जौ, गहुँ र मकैको जमरा राख्ने गरिन्छ । घरघरमा पारिवारिक टीका दिनभर चल्छ । गाउँमा नाचगान चल्दछ, यसरी थारू समुदायको दशैं सकिने उनले बताइन् ।
दशैंको दशौँ दिन दुर्गाले महिषासुरलाई वध गरेको तिथिलाई विजयादशमी भनिएता पनि थारूहरूले महाभारत महाकाव्यमा आधारित गीत गाएर दशैं मनाउने गर्दछन् । अन्य समुदायमा शक्तिपूजाको पर्वका रूपमा पुजिए पनि थारू समुदायमा दशैं विशेषतः पितृपूजाको पर्वका रूपमा स्थापित छ । रासस
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...