कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
पश्चिम नेपालका थारु गाउँमा दशैंको छुट्टै रौनक छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवा लगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ ।
कोरोनाको संक्रमण घटेसँगै विदेश गएका यसपटकको दशैं मनाउन स्वदेश फर्केका छन् ।
विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दशैं मनाइरहेको बाँके राप्तीसोनारी–९ का रामदास चौधरीले बताए ।
‘यस पटकको दशैं निकै रमाइलो गरी मनाइँदैछ,’ उनले भने, ‘विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौं, निकै रमाइलो छ ।’
उनका अनुसार दशैंका बेला थारु बस्तीमा नाचगान परम्परागत रूपमा चल्दै आएको छ । ‘महिला, पुरुष, युवायुवती सबैको सामूहिकरूपमा नाचगानमा सहभागिता रहेको छ, यसबेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन्,’ उनले भने ।
मंगलवार नवमीको दिन थारु समुदायले मुर्गा पुजनका रूपमा मनाएका छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ती बालेर मुर्गा पुजेका छन् । मुर्गा पुज्नुअघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राख्नुपर्ने शम्भु थारुले बताए ।
उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, बेवरी, आदि चढाइएको हुन्छ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाई जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यसपछि मात्रै मुर्गा पुज्ने क्रम शुरू हुन्छ ।
‘२ वटा कुखुराको भाले २ अलग–अलग देवतालाई बलि चढाउनुपर्छ,’ स्थानीय सीताशरण थारुले भने, ‘बलि चढाएपछि धुप, बेवरी, जमरा चढाई दूध, पानी, घरैया दारुको धार चढाई मुर्गा पुज्ने क्रम सकिन्छ ।’ मुर्गा पुज्ने कार्य सकिएपछि घरका सबैसँगै सबेर सामूहिकरूपमा भोजन ग्रहण गर्दछन् । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विसर्जन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन् । यसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।
सामूहिकरूपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पुर्याउने उनको भनाइ छ । दशैंका बेला नाच १०–१५ दिनसम्म आयोजना गरिन्छ । अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दशैंका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन छ ।
दशैंका बेला थारु समुदायका घरमा ढिक्री, सँुगुर, कुखुरा, खसी, बोकाको मासु, घोंघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु (मदिरा) सँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।
थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दशैं पर्व मनाउने गर्छन् । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दशैंसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ ।
नृत्य गर्न अगाडि गुरुवाले पूजापाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने गरेको अर्का स्थानीय प्रतापशील थारुले बताए । उनका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरु लगायतको प्रयोग बढी हुने गर्छ ।
दशैंका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका मुखिया (बडघर) बाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरु समुदायको जस्तो दशैंदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने छैन । थारु समुदायले दशैंको दिनमा मात्रै टीका थाप्ने गरेका छन् ।
पहिला चामलको पिठोको सेतो टीका दशैंका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीका समेत लगाउने चलन छ ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं- अपमान, न्याय–अन्याय, बदला तथा विध्वङ्स लगायत केही यस्ता शब्द हाम्रो दिमागमा आउँछन्, जब हामी ‘महाभारत’ नाम सुन्छौं । महाभारतका हरेक चरित्रका आ–आफ्नै कथा छन् । हरे...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...