१० असार २०८३, बुधबार

क्राइमिया पुलमा आक्रमणसँगै थप खतरनाक बन्दै रुस–युक्रेन द्वन्द्व, जाडो शुरू भएपछि के होला ?

असोज २३, २०७९
क्राइमिया पुलमा आक्रमणसँगै थप खतरनाक बन्दै रुस–युक्रेन द्वन्द्व, जाडो शुरू भएपछि के होला ?
UKRAINE SECURITY SERVICE Handout

रुसको मुख्यभूमिलाई क्राइमिया प्रायद्वीपसँग जोड्ने १९ किलोमिटर लामो कर्च पुलमा युक्रेनले आक्रमण गरी आंशिक रूपमा क्षतिग्रस्त बनाएपछि रुस–युक्रेन द्वन्द्व थप खतरनाक मोडमा आइपुगेको छ । 

रुसको अनुसन्धान निकायले शनिवार बिहानै पुलमा ट्रक बम विस्फोट गराइएको जानकारी दिएको छ । युक्रेनी अधिकारीहरूले बम विस्फोट भएकोमा खुशियाली व्यक्त गरेका छन् तर त्यसको जिम्मेवारी लिएका छैनन् । रुसले पनि औपचारिक रूपमा युक्रेनलाई यसको दोषी ठहर गरेको छैन । 

तर यस आक्रमणले रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध चर्काउनका लागि दबाब बढेको छ । अझ युक्रेनको खार्किभ, डोनबास र खर्सन क्षेत्रमा युक्रेनी सैनिकहरू लगातार अघि बढी रुसी सैनिकहरूलाई पछि धकेलिन बाध्य बनाएको अवस्थामा रुसको गौरवशाली परियोजना कर्च पुलमाथि समेत आक्रमण गरिएपछि अहिलेको विशेष सैन्य कारवाहीलाई एक स्तर माथि उठाउन पुटिनसमक्ष रुसीहरूले माग राखेका छन् । 

सन् २०१४ मा रुसले क्राइमिया प्रायद्वीप आफूमा मिसाएपछि मुख्यभूमिलाई क्राइमियासँग जोड्न उक्त पुल बनाइएको थियो । त्यसमा सडक र रेलमार्ग दुवैथरी सम्पर्क सञ्जाल छन् । 

त्यसो त आक्रमणमा कर्च पुल पूरै क्षतिग्रस्त भएको छैन । विस्फोटको १० घन्टापछि सडकमार्ग आंशिक रूपमा चल्न थालेको छ भने रेलमार्ग केही दिनभित्रमा सुचारु हुने रुसीहरूले बताएका छन् । 

तर भविष्यमा पनि यो पुल आक्रमणको जोखिममा रहने चाहिँ स्पष्ट छ । त्यसैले पुलको सुरक्षा बढाउनका लागि पुटिनले सम्बन्धित निकायलाई आदेश दिएका छन् । 

यो पुल क्षतिग्रस्त हुँदा रुसलाई दक्षिणी युक्रेनको युद्धमोर्चामा सैन्य उपकरणहरू लैजानका लागि कठिनाइ आएको छ । तर पश्चिमी सञ्चारमाध्यममा लेखिएजस्तो गरी यो रुसका लागि भयंकर क्षति चाहिँ हैन । 

रुससँग दक्षिण युक्रेनसम्म पुग्न वैकल्पिक रेल र सडकमार्ग उपलब्ध छ अनि (फेरी) डुंगाहरू पनि छन् । युद्धको बेलामा भौतिक संरचनामा पुग्ने क्षतिलाई तत्कालै मर्मत गर्ने क्षमता पनि रुसीहरूसँग छ । 

तर यस आक्रमणले रुसलाई निकै ठूलो चुनौती दिएको पक्का हो । रुसले आफ्नो भूमि भनी दाबी गरेको (तर पश्चिमले मान्यता नदिएको) क्राइमियामा समेत आक्रमण गरी युक्रेन र पश्चिमले रुसलाई तदनुरूप प्रत्याक्रमण गर्ने हुती छ कि छैन भनी परीक्षण गर्न खोजेको देखिन्छ । 

यस आक्रमणले रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध चर्काउनका लागि दबाब बढेको छ । अझ युक्रेनको खार्किभ, डोनबास र खर्सन क्षेत्रमा युक्रेनी सैनिकहरू लगातार अघि बढी रुसी सैनिकहरूलाई पछि धकेलिन बाध्य बनाएको अवस्थामा रुसको गौरवशाली परियोजना कर्च पुलमाथि समेत आक्रमण गरिएपछि अहिलेको विशेष सैन्य कारवाहीलाई एक स्तर माथि उठाउन पुटिनसमक्ष रुसीहरूले माग राखेका छन् । 

अहिलेसम्म रुसले युक्रेनमा पश्चिमविरुद्ध छद्मयुद्ध लड्न परेको त भन्दै आएको छ तर पश्चिमाहरूको मुटुमा ढ्यांग्रो ठोकिने गरी कारवाही चलाइरहेको छैन । अत्यन्त सुस्त गतिमा रुसको सैन्य कारवाही अघि बढेकाले पश्चिमाहरूले काखी बजाउने अवसर पाइरहेका छन् भने आम रुसीहरू निराश बनिरहेका छन् । रुसलाई कमजोर शक्तिका रूपमा प्रस्तुत गर्न पश्चिमाहरूलाई कर्च पुलमाथिको आक्रमणले मौका दिएको छ । 

यस्तो अवस्थामा रुसले प्रतिआतंकवादी कारवाही चलाउनुपर्ने कतिपयले माग गरिरहेका छन् । पश्चिमले रुसको नागरिक संरचनामाथि वस्तुतः आतंकवादी आक्रमण गरी त्यसको खुशियाली समेत मनाइरहेको अवस्थामा रुसले प्रतिआतंकवादी कारवाही चलाएर मुखभरिको जवाफ दिनुपर्ने उनीहरूको माग छ । 

रुसले कठोर कारवाही चलाउन नसकेमा उसप्रति नरम दृष्टिकोण राख्ने वा खुला समर्थन गर्ने समूह पनि बिच्किन थाल्ने सम्भावनालाई पुटिनले विचार गरिरहेको हुनुपर्छ । गत सेप्टेम्बर महिनामा भारत र चीनका सरकारप्रमुखहरूले पुटिनलाई समरकन्दमा भेट्दाखेरी युद्ध लम्बिएको विषयमा असन्तुष्टि जनाएको मननीय छ । यसरी युक्रेनलाई निःशर्त वार्ताका लागि बाध्य बनाउने हिसाबमा घनीभूत सैन्य कारवाही चलाउन पुटिनमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब छ । 

तर यस दबाबका बावजूद पुटिनले अझै पनि धैर्यकै नीति अपनाइरहेको देखिन्छ । रुसमाथि आणविक आक्रमण गर्न लागेको खबर पाएपछि आफूहरू पनि आणविक हतियार उपयोग गर्न सक्षम रहेको र गफ नदिएको भनी उनले बयान दिएका छन् । 

तर स्थापित सिद्धान्तविपरीत आणविक हतियारको प्रथम प्रयोग नगर्नेमा उनी प्रतिबद्ध छन् । पश्चिमले पुटिनलाई हिटलरको दोस्रो संस्करणका रूपमा दानवीकरण गरेको भए पनि उनी रिसको आवेगमा आणविक बम जस्तो सर्वविनाशी अस्त्र प्रयोग गर्ने खालका सनकी छैनन् । 

हुन पनि युक्रेनी सैनिकहरू विभिन्न युद्धमोर्चामा सफलतापूर्वक अघि बढिरहेको अवस्थामा समेत पुटिनले धैर्य नगुमाएको देख्दा उनी प्रत्याक्रमणको बलियो रणनीतिमा विश्वस्त छन् जस्तो आभास मिल्छ । 

युक्रेनी र पश्चिमाहरूले सफलताको गीत गाइरहँदा पुटिन चाहिँ शान्तिका साथ डोनेत्स्क, लुगान्स्क, खर्सन र जापोरिजालाई रुसमा मिसाउनका लागि जनमतसंग्रह प्रक्रिया अघि बढाइरहेका थिए । अहिले उक्त प्रक्रिया टुंगिएर ती क्षेत्रहरू रुसमा मिसिइसकेका छन् र पुटिनले त्यसको प्रमाणीकरण समेत गरिसकेका छन् । 

पश्चिमले भनेजस्तो रुस यो युद्ध हारिरहेको हुन्थ्यो भने पुटिन यत्तिको शान्त रहनुनपर्ने हो । त्यसैले युक्रेनले अहिले तत्कालका लागि पाइरहेको रणनीतिक विजय अल्पकालिक मात्र हो कि जस्तो देखिँदैछ । 

अमेरिकी सैन्य विश्लेषकहरू सेवानिवृत्त कर्नेल डग्लस म्याकग्रेगर, ल्यारी जोनसन र विलियम श्राइभर लगायतले अब जाडो महिना शुरू भएपछि रुसले युक्रेनविरुद्ध भयानक प्रत्याक्रमण गर्ने र युक्रेनी सैनिकहरूलाई तहसनहस बनाउने आकलन गरिरहेका छन् । 

उनीहरूको विश्लेषणलाई केलाउँदा रुसले नोभेम्बर महिनामा जाडो शुरू भएपछि युद्धको गति बढाउने अनुमान गर्न सकिन्छ । अहिले चाहिँ रुसी सैनिकहरू आफू घेरिने जस्तो देखिएमा ओगटेका स्थानबाट पछि हट्दै सुरक्षित स्थानमा सरिरहेका छन् । 

दोस्रो विश्वयुद्धमा जोसेफ स्टालिनले लाल सेनाका जति सैनिक मरे पनि कुर्स्क, बागरेसन लगायतका क्षेत्रमा नाजीहरूविरुद्ध लड्न आदेश दिएका थिए । त्यतिखेर स्टालिनका लागि सोभियती जीवनको कुनै महत्त्व थिएन र नाजीहरूविरुद्ध नलड्ने सोभियत सैनिकलाई सोभियत गुप्तचर निकाय एनकेभीडीका एजेन्ट आफैंले गोली हानेर मारिदिन्थे । 

तर पुटिनले सकेसम्म कम रुसी सैनिकहरूको मृत्यु होस् भन्ने रणनीतिअन्तर्गत घेराबन्दी हुने लिमान लगायतका ठाउँहरूमा सैनिकहरूलाई पछि हट्न आदेश दिइरहेका छन् । 

त्यसैले आगामी केही हप्ता अझै (कम्तीमा अक्टोबर महिनाभरि) रुसी सैनिकहरूले आफू घेराबन्दीमा पर्ने स्थितिमा पछि हट्ने क्रम जारी राख्नेछन् । तर त्यस्तो अवस्थामा समेत उनीहरूले भयंकर आर्टिलरी आक्रमण गरी भारी संख्यामा युक्रेनी सैनिकहरूलाई ध्वस्त पारिरहेका छन् । 

अर्थात्, भूभाग बलिदान गरे पनि रुसीहरूले युक्रेनी तथा विदेशी भाडाका सैनिकहरूलाई सोत्तर बनाएर जाडो महिनाको सम्भावित आक्रमणका लागि आफूलाई अग्रस्थानमा राखिरहेका छन् । 

अहिले रुसीहरूले बेलगोरोड, जापोरिजा र क्राइमियामा सेना तथा सैन्य सामग्रीको तैनाथी बढाइरहेका छन् । अझ उनीहरू बेलारुस सीमा नजिक युक्रेनको सुमी र चर्निगोभतर्फ पनि आक्रमणका लागि तयार रहेको बताइँदैछ । 

जाडो महिनामा जमीन कठ्यांग्रिएपछि अनि आंशिक सैन्य परिचालनअन्तर्गतका २ लाख सैनिकहरू पनि पूर्ण तयार भएपछि रुसले युक्रेनमाथि भयंकर आक्रमण गर्ने अपेक्षा छ । उक्त आक्रमणले शायद युद्धलाई निर्णायक मोडमा ल्याइपुर्‍याउनेछ । 

जाडो महिनामा जमीन कठ्यांग्रिएपछि अनि आंशिक सैन्य परिचालनअन्तर्गतका २ लाख सैनिकहरू पनि पूर्ण तयार भएपछि रुसले युक्रेनमाथि भयंकर आक्रमण गर्ने अपेक्षा छ । उक्त आक्रमणले शायद युद्धलाई निर्णायक मोडमा ल्याइपुर्‍याउनेछ । 

त्यतिखेर रुसले युक्रेनको नागरिक संरचनालाई समेत तारो बनाउन सक्छ । अहिले नै पनि युक्रेनी सैनिकहरूले सञ्चारका लागि उपयोग गरिरहेको स्टारलिंकलाई रुसले इलेक्ट्रोनिक वारफेयरअन्तर्गत बेकामे बनाएको खबर छ । युक्रेनी सैनिकहरूले आफ्ना कमान्डरहरूसँग संवाद गर्न पाएनन् भने युद्धभूमिमा उनीहरूको थप बिजोग हुनेछ । 

यसैबीच बेलायती गुप्तचरहरूले युक्रेनी सैन्य कमान्डरहरूलाई रुसी आक्रमणका विषयमा चेतावनी दिएको खबर छ । युक्रेनसँग सीमा जोडिएको रुसको बेलगोरोड क्षेत्रमा तैनाथ गरिएका रुसी सैनिकहरूले ओस्कोल (ओस्किल) नदीको किनारबाट प्रत्याक्रमण थालेर युक्रेनी सैनिकहरूलाई घेराबन्दी गरी सखाप पार्न सक्ने चेतावनी बेलायती गुप्तचरहरूले दिएको बताइएको छ । 

त्यसैले अहिले पुटिनले रणनीतिक चालअन्तर्गत धैर्यता देखाइरहेका हुन सक्छन् । युक्रेनविरुद्ध थप कठोर आक्रमणका लागि चरम दबाब रहेको भए पनि पुटिन योजनाबद्ध ढंगले नै अघि बढ्न खोजिरहेका छन् । जाडो महिनामा युरोपमा ऊर्जाको अभावका कारण जनजीवन कष्टकर भएपछि युद्ध रोक्नका लागि जनस्तरमा दबाब पर्ने सम्भावनालाई पनि पुटिनले आकलन गरेका हुन सक्छन् ।

तत्कालका लागि रुसले रणनीतिक रूपमा अनुपयोगी भूभागबाट पछि हट्ने अनि युक्रेनलाई प्रतीकात्मक विजयको उल्लासमा रमाउन दिने गरिरहेको छ । तर जाडो महिना लागेपछि रुसले युक्रेनमाथि चट्याङ बर्सिएझैं आक्रमण गर्ने सम्भावना देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्