×

NMB BANK
NIC ASIA

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

असोज २३, २०७९

NTC
Premier Steels

मुलुकभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४‍.६२ अंकले उकालो लागेर १८९८.३८ मा पुगेको छ ।

Muktinath Bank

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले उकालो लागेर ३७२.२१ मा पुगेको छ । कूल २ सय २४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर रु ८३ करोड ६८ लाख ७३ हजार १४० मूल्यमा कारोबार भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन नसकेको कारोबारबाट देखिन्छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त र उत्पादन उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।


Advertisment
Nabil box
Kumari

आइतवारको कारोबारपछि कूल पूँजीकरण रु २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार २२२ बराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ६९ लाख ८१ हजार ७४४ बराबरको कारोबार भएको छ । 

Vianet communication

नबिल बैंक रु ३ करोड ५१ लाख ९८ हजार ४२९, हिमालयन डिस्टिलरी रु २ करोड ३१ लाख ४४ हजार ५७१, अपि पावर कम्पनी रु १ करोड ८९ लाख १७ हजार २६९ र शिवम् सिमेन्टको रु १ करोड ७७ लाख ८४ हजार २५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक ९.९५, उपकार लघुवित्त ९.८४, गुह्यश्वरी मर्चेन्ट बैंक ८.७०, मितेरी डेभलपमेन्ट बैंक ८.२३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९७ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक ४.४८, आरबीबी म्युचुअल फण्ड १.९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, सिटिजन म्युचुअल फण्ड १.८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले १.८० प्रतिशतले गुमाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x