![विवादमा आमिर, विवाहपछि दुल्हनको घरमा गएको भिडियो भाइरल [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/amir_tTP7eHsSb4.jpg)
बॉलीवुडका अभिनेता आमिर खान एक विज्ञापनका कारण विवादमा तानिएका छन् ।
एक निजी बैंकको विज्ञापनका कारण उनी विवादमा आएका हुन् । उनको साथमा नायिका आवाणी पनि रहेकी छन् ।
विज्ञापनको भिडियोमा आमिर विवाह पछि दुल्हनको घरमा प्रवेश गरेको देखिन्छ ।
दुल्हाको घरमा दुल्हन गृहप्रवेश गर्ने चलनविपरीत आमिरले आफैं दुल्हनको घरमा प्रवेश गरेका छन् ।
सोही कारण भिडियो विवादित भएको हो ।
यस विज्ञापनलाई लिएर भारत मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले कडा आपत्ति जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
उनले यस्तो भिडियो बनाउन आमिरलाई इजाजत नभएको समेत बताएकी छन् ।
उनले आमिरलाई भारतीय परम्परा र रीति रिवाजलाई ध्यानमा राखेर विज्ञापन गर्न समेत भनेकी छन् ।
<
I just fail to understand since when Banks have become responsible for changing social & religious traditions? I think @aubankindia should do activism by changing corrupt banking system.
— Vivek Ranjan Agnihotri (@vivekagnihotri) October 10, 2022
Aisi bakwaas karte hain fir kehte hain Hindus are trolling. Idiots.pic.twitter.com/cJsNFgchiY
p>