×

NMB BANK
NIC ASIA

स्वास्थ्य उपचारमा एक सय आठ स्वास्थ्यकर्मी परिचालित

असोज २७, २०७९

NTC
Premier Steels

पोखरामा शुक्रबारदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि औषधिसहित एक सय आठ स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । 

Muktinath Bank

राष्ट्रिय खेलकूद परिषद् नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत गठित स्वास्थ्य उपसमितिका संयोजक प्रा डा बुलन्द थापाले स्वास्थ्य उपसमितिले आफ्नो काम प्रतियोगिता सुरु भएका दिनदेखि नै थालिसकेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

औपचारिकरुपमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको शुभारम्भ गर्ने भए पनि केही खेल भने पाँच दिनदेखि नै सुरु भएका छन् । डा थापाका अनुसार पोखरा रङ्गशाला तथा वरवरका खेल मैदानमा हुने प्रतियोगितामा सहभागी खेलाडी, अफिसियल कर्मचारी, प्रशिक्षक तथा रेफ्रीको औषधि उपचारमा चिकित्सकसहित एक सय आठ जना स्वास्थ्यकर्मीको समूह खटिएको छ भने १६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । 


Advertisment
Nabil box
Kumari

यसै प्रतियोगिताअन्तर्गत कास्कीबाहेक अन्य जिल्ला स्याङ्जा, पर्वत, म्याग्दी, गोरखा, तनहुँ , बागलुङ, नवलपुरमा खेलाइने खेलमा औषधि, स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था भइसकेको जानकारी स्वास्थ्य उपसमितिका सचिव दोबे तामाङले दिए । बाहिरी जिल्लामा खेलअगावै स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य उपसमितिले मिलाइसकेको जानकारी सचिव तामाङले दिए । 

Vianet communication

    प्रतियोगिता भइरहेका अवस्थामा खेलाडी तथा अन्य व्यक्ति घाइते वा बिरामी भएमा उनीहरुको पहिलो उपचार खेल मैदानमा, मैदानमा सम्भव नहुने उपचार पोखरा रङ्गशालाभित्र नै स्थापना गरिएको स्वास्थ्य केन्द्रमा गरिने जानकारी डा थापाले दिए । 
    स्वास्थ्य केन्द्रमा पनि उपचार सम्भव नभएका खण्डमा घाइतेको उपचार गर्न पोखराका चार वटा अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, मेट्रो सिटी अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचारका लागि सम्झौता गरिएको छ । ती अस्पतालमा पनि उपचार सम्भव नभएको खण्डमा घाइते वा बिरामी खेलाडी तथा अफिसियल कर्मचारीलाई हेलिकप्टरमार्फत काठमाडौँका सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लाने व्यवस्थासम्म स्वास्थ्य उपसमितिले गरेको जानकारी डा थापाले दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x