२४ असार २०८३, बुधबार

शताब्दी पुरुष सत्यमोहनको स्वास्थ्यमा उल्लेखनीय सुधार छैन : अस्पताल

शताब्दी पुरुष सत्यमोहनको स्वास्थ्यमा उल्लेखनीय सुधार छैन : अस्पताल
फाइल तस्वीर

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा खास सुधार नभएको अस्पतालले जनाएको छ । प्रोष्टेट तथा मुटुको समस्या भएपछि उपचारका लागि किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुधार नभएको हो । 

अस्पतालले शुक्रवार अपराह्न जारी गरेको विज्ञप्तिमा अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ । उनको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ । पछिल्लो समय जोशीलाई डेंगुको संक्रमण तथा छातीमा निमोनियासमेत देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्