×

NMB BANK
Dabur

बालेनजी नमस्कार !

Sagarmatha Cement
Muktinath Bank

भगवान् भन्यो भनेर नरिसाउनुहोला । दुःखी–गरीबका लागि भगवान् बनेर आउनुभएको थियो । तपाईंको तुलना राजा वीरेन्द्रसँग भइरहेको थियो । यसकारण भगवान् भन्न पुगे । वास्तवमा तपाईं मेयर नै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेयर हुनुभन्दा अगाडि इन्जिनीयर हो । इन्जिनीयर हुनुभन्दा अगाडि र्‍यापर हो । र्‍यापर हुनुभन्दा अगाडि के हो ? त्यतातिर म जान चाहन्न । 


Advertisment
SBL

तर पनि तपाईं भगवान् नै हो । किनभने तपाईंको अनुहारको फोटो धेरैले आफ्नो पाखुरामा ट्याटु खोपेका छन् । तपाईंको फोटो चस्मा दुकानमा झुण्डिएको छ । तपाईंको अनुहार टी–सर्टमा प्रिन्ट भएको छ । तपाईंको नाममा गीत निस्किएका छन्, कविता कोरिएका छन् । तपाईंको नाममा दशैंको आशिर्वाद बनेको छ । यसअघि यस्तो क्रियाकलाप भगवान्को नाममा मात्रै गरिन्थे । बिस्तारै त्यो तपाईंको नाममा पनि हुन थाल्यो । यसकारण तपाईंलाई भगवान् मान्दा फरक पर्दैन ।

Vianet communication
Laxmi Bank

एउटा हातले फेसबूक हेर्दै अर्को हातले भात खाइरहेको थिएँ । अचानक एउटी महिला डाँको छाडेर रोएको आवाज आयो । रोइरहेकी महिलाको काँखमा सानो दुधे बच्चा पनि देखेपछि मैले त खानै सकिनँ । त्यसकारण २–४ शब्द लेखेको हो ।

विगतमा तपाईंले जुल्फीमा हार्ड जेल लगाएर गल्ली, गल्लीहरूमा फ्री स्टाइल र्‍याप ब्याटल हानेर हिँडेजस्तै मलाई पनि फ्री स्टाइलमा कहिले कसो लेख्ने आदत छ । भूलचुक भएमा माफी दिनुहोला । 

जुन प्रकारले तपाईंका सेलिब्रेटी नगर प्रहरीहरूले कालो चश्मा लगाएर चर्को स्वर निकालिरहेका छन्, हप्कीदप्की गरिरहेका छन् । सबैभन्दा पहिला त यसलाई street harassment को रूपमा बुझिदिन अनुरोध गर्दछु । सोझा छन्, बोल्न सक्दैनन् भन्दैमा जनतालाई त्यसप्रकारको Strong body language देखाउन पाइँदैन । तपाईं पढे–लेखेको मान्छेलाई राम्रोसँग थाहा नै छ, सार्वजनिक स्थानमा कोही पनि Guilt tripping हुन चाहन्न । कृपया तपाईंका अनपढ प्रहरीहरूलाई अमरेश पुरी अभिनित हिन्दी सिनेमा धेरै नहेर्न भनिदिनुहोला । 

दोस्रो, तपाईंले डोजर हान्न पठाएको, ठेलागाढा उठाएको स्थानमा विल स्मिथको हलिउड फिल्म छायांकन गर्न लागे जस्तो चारैतिर क्यामेरा फर्काएको देखिन्छ । जसरी तपाईंलाई मिडियाको क्यामेरा मन पर्दैन, त्यसरी नै छोराछोरीको स्कूल फी तिर्न बाध्यताले सडक किनारमा नांग्लो थापेका दिदीबहिनीहरूलाई  यूट्युबको क्यामेरामा देखिन मन नपर्न सक्छ । १ दिनमा २ हजारको व्यापार गर्नेको पनि करौडौंको स्वाभिमान हुन्छ बालेनजी ।

तपाईंको काम जनताको individual privacy को respect र protection गर्नु पनि हो । बालेन जिन्दावादको नारा भाइरल भइरहँदा दुःखी गरीबलाई क्यामेराले दिएको सामाजिक तथा मानसिक दबाबको ख्याल गर्नुभएको छ ?

अनि सदाझै शुरू हुन्छ, पैसाको बलमा अभियान्ता बनेर निस्कने केही नमूनाहरूको नाटक देखिन्छन्, कहिल्यै पारदर्शी हुनु नपर्ने यति हजार दिन्छु उति हजार दिन्छु भनेर स–गौरव घोषणा गर्ने गल्ली-गल्लीका इलोन मोस्कहरू । बालेनसँग खिचेको एकथान फोटो । माला, अबीर, धन्यवाद, बधाई, यस्तै यस्तै । तिनीहरूलाई मनमनै लाग्दो हो, सरकारले गर्न नसकेको काम आज मैले पो गरे तर यो जुनीमा तिनीहरूले गर्न सक्ने काम भनेको मूत्र विसर्जनबाहेक अरु केही होइन ।

दुःखी गरीबको आँसुको मूल्य तिम्रा २० हजार हुँदै होइन । बालेनजी, के तपाई यसरी नै सधैंभरि जनताको दुःखलाई मजाक बनाउनेहरूको इमोसनल सेन्टिमेन्टमा खेल्न मेयर हुनुभएको हो ?  

हाम्रो देश नेपालमा Walmart, Amazon, Apple inc, Saudi aramco जस्ता ठूला–ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू छैनन् । तिनीहरूले उत्पादन गरेका माल–सामानलाई थेग्न सक्ने बजार र उपभोक्ता पनि हामीसँग छैनन् । हामीसँग के छ ? हामीसँग साना किसानले उत्पादन गरेका १० बोरा आलु छ । २० डोको हरियो मकै छ, ५ टिन भैंसीको घ्यू छ, १ गाडी सागपात छ, ५० किलोग्राम कुखुरा छ, केही माछा र खसीबोका छन् र छन् तिनैलाई नै सडकमा बेचेर आफ्ना छोराछोरीलाई तपाईं जस्तै इन्जिनीयर बनाउने सपना देखेका बहुसंख्यक आमाबुवाहरू । 

हातमा फलामको स्टिल, काँखमा सानो दुधे बच्चा । लमजुङकी शर्मिला तामाङ तिनै बहुसंख्यक आमाबुवाहरूकी प्रतिनिधि पात्र हुन् । यो देशमा सबै पढे–लेखेका छैनन्, सबैसँग पुर्ख्यौली सम्पत्ति छैन, सबैको कला, गला हुँदैन, सबैसँग मास्टर माइन्ड छैन । गरीब देशमा धनी भएको अभिनय गर्नुभन्दा सडकमा व्यापार गर्नु राम्रो हो । बीच बाटोमा भुस्याहा कुकुरजस्तो सुतेको त को होला र ? किनारामा तातो मःम, समोसा, चाउमिन, मिनरल पानी, बदाम, छोयला, थुप्पा बेचेको देख्न नसकेर हिँड्न गाह्रो भयो भन्ने कुन मगन्ते हो ? 

जनताको दुःखको उपचार नगरिकन रोग निको हुँदैन । गरीब देशको जनतामाथि दमन गर्दा दंगा फैलिन सक्छ । किनकि बालेन नेपालको दुःखी मेयर हुन्, सिलिकन भ्यालीका सुखी मेयर हैनन् तर बिडम्बना ! मान्छेहरूले दिमागमा पनि फलामको स्टिल हालेका छन् । हिजो कीर्तिपुरतिर झोलामा लसुन बोकेर ‘लोकल हो हजुर, राख्ने हो ?’ भन्दै हिँड्नेहरू कागतालीले डीभी पारेर अमेरिका पुगे भन्दैमा सामाखुसीलाई डल्लास जस्तो बनाउने सपना देख्छन् । तर, फ्रान्सको पेरिसमा रहेको आइफल टावरको जरामा पोलेको हरियो बेचिन्छ भन्ने कुरा तिनीहरूले थाहा पाउन जरुरी छ । 

बालेनजी तपाईं त युवा हो, इन्जिनीयर पनि हो । तपाईंले नेपाल के हो, काठमाडौं के हो भनेर बुझ्नुपर्छ । नेपाल Premature industrialization भएको देश हो भने काठमाडौं सम्पूर्ण नेपालीको सपनाको शहर हो । काठमाडौं १ लाखलाई बाटोमा हिँड्न, गाडी गुडाउन गाह्रो छ होला तर ५० लाखलाई पेट पाल्न गाह्रो छ । १ लाख ठूलो हो कि ५० लाख ? गाडी ठूलो हो कि पेट ठूलो हो ? नेपालीको प्रतिव्यक्ति आय दर कति हो ? नेपाली जनताको हालको living standard के हो ? तिनीहरूको social security कस्तो छ ? ठूलाठूला शपिङ्ग मलमा जान सक्ने नेपालीहरूको संख्या कति छन् ? तपाईंले हजारौं मर्सिडिज कार कता पार्किङ गर्लान् भन्ने चिन्ता गर्ने हो कि यो ठेलागाढाको कमाइले कति बालबच्चाले स्कूल पढिरहेका होलान् भनेर सोच्ने हो ?

काठमाडौं फोहोर भएको मान्छे धेरै भएर होइन । गाडी धेरै भएर हो । गाडी प्रतिबन्ध गर्नुपर्छ । ठेला रिक्सा गुडाउन शुरू गर्नुपर्छ । संसारको सबैभन्दा प्रदूषित शहर काठमाडौं ठेलाको कारण भएको हो ? ठेला त नेपालको प्राचीन, मौलिक परम्परा हो । यसको त महानगरपालिकाले जगेर्ना पो गर्नुपर्छ । सानो शहरमा गाडीमा सामान बेच्ने होइन, सामान बच्ने ठेलामै हो । पर्यटक आउँछन्, हेर्छन्, फोटो खिच्छन् ।  

ठेलाका कारण हिँड्न गाह्रो भएको हो कि ठूलाठूला सवारीसाधनका कारण ? के टिप्पर प्रतिबन्धित छन् ? मालबाहक ट्रक प्रतिबन्धित छन् ? 

यति सानो काठमाडौंमा यतिधेरै गाडी किन ? कलंकीदेखि वानेश्वर त साइकलमै ३० मिनेटमा पुग्न सकिन्छ । किन चाहियो हजारौं माइक्रो ? हजारौं बस ? हजारौं ट्याक्सी ? मान्छे हिँड्ने बाटोमा माइक्रो हिँडिरहेको छ । त्यो कहिले हटाउने ? हजारौं मोटरसाइकल गुड्दा केही नहुने, २–४ वटा ठेला गुड्दा काठमाडौं फोहर हुने ? के मोटरसाइकलवालाहरूले बाटो कब्जा गरेका छैनन् ? हो हटाउनुपर्छ, व्यवस्थित गर्नुपर्छ तर शुरूमै ठेला किन हटाउने ? टिप्पर किन नहटाउने ? जो होचो, उसकै मुखमा घोचो ? 

बालेनजी, अहिले भर्खरै काठमाडौं न्यूयोर्क सिटी बन्न सक्दैन । तपाईंले चाहेर पनि त्यो बन्न सक्दैन । जनताको जीवनस्तर सुधार गर्न नसके सडक त के दरबार पनि कब्जा हुनसक्छ । यसकारण सडकमा रमिता देखाएर बिहारी शैलीमा जनतालाई लखेटेर, उठिबास लगाएर अरुको दुःखमा रमाउने जमातबाट तपाईंको देवत्वकरण त होला तर ‘गरीबको चमेली बोल्दिने कोही छैन’ भनेर कभर गीत गाउने तपाईंको रुद्रघण्टीमाथि प्रश्न चिह्न उठ्छ । तपाईं पढेलेखेको मान्छेले त विकल्प दिन सक्नुपर्छ । अंग्रेजीमा भन्छन् नि what is alternative भनेर । त्यो हुनुपर्‍यो सबैभन्दा पहिला । 

फूटपाथ बजार संसारका विकसित देशमा पनि हुन्छन् । अमेरिकाको राष्ट्रपति बस्ने ‘ह्वाइट हाउस’ नजिकै पनि छन् तर तिनीहरूको व्यवस्थापन सोही ढंगले गरिएको हुन्छ । संसारमा back to nature भन्न थालिसकेका छन् । पुराना शैली, परम्पराको संरक्षण गर्ने देश नै आजको पर्यटकीय गन्तव्य हो । आजको पुँजीवादी अर्थ बजारमा सबैको हैसियत एकै हुँदैन । यो कुरा बालेनले बुझ्नुपर्छ । ठूलाठूला मल हेर्नको आउँछ नेपालमा ? के देख्न पाएका छैनन् र ? नेपालमा हेर्न आउने त यहाँको लोकल बजार, उत्पादन र व्यापार होला नि ? ठेला हेर्नका लागि संसारभरबाट मान्छे आउन सक्छन् । बरु ठेला सिटी घोषणा गरौं न ! 

कसले समर्थन गरेको छ, कसले विरोध गरेको छ, त्यो अलग कुरा हो । चोरको हातमा पनि इन्टरनेट छ तर काठमाडौंमा अधिकांश मानिसहरू बाहिरी जिल्लाबाट आएर बसेका छन् । किनकि सेवासुविधा र विकास शहर केन्द्रित छ । त्यसकारण शहरमा मानिसहरूको  चाप छ तर शहरमा धेरैको आफ्नो घर छैन । जसको घर छ, त्यसले भाडा उठाएर खान्छ । एउटा घरले ७ पुस्तालाई खान पुग्छ । तिनीहरूलाई को मेयर बन्छ ? को प्रधानमन्त्री बन्छ ? मतलब पनि हुँदैन । तिनीहरू प्रायः राजावादी टाइपका हुन्छन्, बालेनलाई दिपेन्द्र युवराजको दर्जा दिने तिनै टपरटुइया हुन् ।

वास्तविक दुःखी गरीबहरूले आफ्ना प्रतिनिधिमार्फत् धेरै ठूलो अपेक्षा राखेका हुन्छन् । बालेन मेयर भएकोमा बाजा बजाएर नाच्ने तिनै गरीबहरू थिए, तिनै सडकका व्यापारीहरूमा धेरै ठूलो सपना जागेको थियो तर बालेनले सबैभन्दा पहिलो प्रहार तिनैमाथि गर्न पुगे । इन्जिनीयर हुनु र मेयर पनि हुनु दुवै उस्तै होइन बालेनजी । इन्जिनीयरलाई बाटो बनाइदिए पुग्छ तर मेयरलाई त समाज बनाउनुपर्छ । एउटी आमा रहर लागेर धुलोधुवाँ खान सडकमा बस्दैन । तिनलाई पनि तपाईंहरूलाई जस्तै पबमा गएर नाच्ने रहर हुन्छ ।

देश, जनता र भूगोल भनेको इन्जिनीयरिङ मात्र होइन, आधुनिक इन्जिनीयरिङ युग शुरू नहुँदै पनि चीनमा ग्रेटवाल बन्यो । तिब्बतमा पोतला दरबार बन्यो । भारतमा ताज महल बन्यो । नेपालमा धरहरा बन्यो । त्यसकारण इन्जिनीयरिङ पढ्या छु, सबै जानेको छु भन्ने भ्रम नपाल्नुहोला । देश भनेको समाजशास्त्र हो । समाजशास्त्रका अनुसार कुनै पनि मूलभूत कुरा परिवर्तन गर्नका लागि सर्वप्रथम त्यसको आधारभूत कुरा परिवर्तन गर्नुपर्छ । जस्तो कि थानकोटको मान्छेलाई बसाइँ सारेर राराको जंगलमा लाने हो भने तिनीहरूको सामान हेलिकप्टरमा हालेर मात्र पुग्दैन, सबैभन्दा पहिला राराको जंगलमा शौचालय बनाउनुपर्छ ।

हेलिकप्टर इन्जिनीयरिङ हो, विज्ञान हो । शौचालय वातारवण हो, समाज हो । हामीले दुवै कुरालाई ध्यान दिनुपर्छ । काठमाडौंको बाटोघाटो फराकिलो पार्नु, ढल निकास मिलाउनु, सवारी पार्किङको व्यवस्था गर्नु इन्जिनीयरिङ हो, विज्ञान हो । काठमाडौंको सडकमा रहेका गरीब भोकानाङ्गा मानिसहरूको जिजिविषाका लागि केही गर्नु, तिनको भोको पेटको निम्ति केही सोच्नु, तिनका लालाबालाको भविष्यको निम्ति केही परिकल्पना गर्नु फेरि समाजशास्त्र हो । त्यसो त यो काम प्रधानमन्त्रीको पनि हो तर मुख्यगरी तपाईंको नै हो । 

नेपाली जनताको आधारभूत समस्या गरीबी हो । आधारभूत समस्याकै कारण देशभरबाट जनताहरू काठमाडौंमा केही गर्न सकिन्छ कि भनेर आएका छन् । तपाईंको पूर्खा पनि त मधेशबाट काठमाडौं आउनुको कारण थियो होला नि ? तपाईं आजको बालेन साह यतिकै जुरुक्कै हुनुभयो त ? काठमाडौं आएर राम्रोसँग पढ्न पाउनुभयो होला । सेवासुविधा मिल्यो होला, शिक्षादीक्षा र रुचि अनुसारको भाइसाथीको संगत मिल्यो होला । तपाईंका बाआमाको आफ्नै संघर्ष थियो होला । के थाहा तपाईंको पूर्खाले पनि ठेलागाढामै व्यापार गरेर प्राण पो धानेका थिए कि ? 

अभाव र कष्टमा बाँचिरहेको समाजले भगवान्मा धेरै विश्वास गर्छन् । आफूलाई एकदिन सुख प्राप्त हुने इरादा हुन्छ । अनेक थरीका भगवान्लाई तिनीहरू श्रद्धाका साथ पूजा गर्छन् र यस्तो समाजले मान्छेलाई पनि भगवान्को रूपमा छिट्टै मान्यता दिन थाल्छ । दुःख कष्टमा साथ दिन जो कोही आए पनि त्यो ‘भगवान् बनेर आएको’ पूर्वीय मान्यता पनि छ । नेपाली जनताको दुःखकष्टमा साथ दिन आएका बालेन सधैंभरि भगवान् बनून् ।

बयोवृद्ध पत्रकार किशोर नेपालले जस्तो त्यो त मधेशको ‘तेली’ समुदायको केटा हो भनेर Communal racism कसैले नदेखाउन् ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x