
बलिउड अभिनेता अजय देवगनले 'दृश्यम २' को नयाँ पोस्टर सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेका हुन् ।
दृश्यम २ एक थ्रीलर फिल्म हो ।
नयाँ पोस्टरमा अजयले आफ्नो हातमा बेल्चा लिएको देखिन्छ ।
यो चलचित्र हलमा नोभेम्बर १८ मा आउने बताइएको छ ।
चलचित्र २०१३ को समान नामको मलयालम चलिचत्रको रिमेक हो ।
जसमा मोहनलाल मुख्य भूमिकामा थिए। यसलाई राष्ट्रिय पुरस्कार विजेता निर्देशक निशिकान्त कामतले निर्देशन गरेका थिए, जसको २०२० मा ५० वर्षको उमेरमा निधन भएको थियो।