०७ साउन २०८३, बिहीबार

तिहारै आएसी यसै रमाइलो...[भिडियोसहित]

तिहारै आएसी यसै रमाइलो...[भिडियोसहित]

नजिकिँदो छ तिहार । त्योसँगै दिनहुँजसो युट्युबमा नयाँ–नयाँ तिहार गीतहरू सार्वजनिक भइरहेका छन् । 

नयाँ–नयाँ देउसी गीतहरु आइरहेका छन् । त्यहीमध्येको एउटा गीत हो, यसै रमाइलो । 

तिहारै आएसी यसै रमाइलो 

झिलिमिली बत्तिले देशै रमाइलो ।

गायक एवं सर्जक अर्जुन सापकोटाले आइतवार आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘यसै रमाइलो’ बोलको तिहार गीत सार्वजनिक गरेका हुन् ।

तिहार आएपछि यसै रमाइलो हुने कुरा गरिएको गीतका शब्दहरू यज्ञ सापकोटाले कोरेका हुन् । 

अर्जुन सापकोटाले ती शब्दहरूमा संगीत भर्नुका साथै स्वर समेत दिएका हुन् ।

गीतलाई एरेन्ज भने सुनिल परियारले गरेका छन् । 

गीतमा ग्रुप स्वर भने यज्ञ सापकोटा र श्रीधर अधिकारीले दिएका हुन् । 

भिडियोमा गायक अर्जुन स्वयं प्रस्तुत छन् । 

जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा अर्जुनका साथमा यज्ञ सापकोटा, सन्तोष सापकोटा, क्रिष्टल सापकोटा, बादल घिमिरे, टंक डुम्रे, श्रीधर अधिकारी लगायत पनि देखिएका छन् । 

करन चैसिरको छायाँकन रहेको भिडियो सुजन कोइरालाको सम्पादनपछि सार्वजनिक भएको हो ।

 

कमेन्ट गर्नुहोस्