२४ असार २०८३, बुधबार

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक २, २०७९
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बुधबार र बिहीबार पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाइँदै छ  ।

स्वास्थ्य सेवा   विभाग, परिवार  कल्याण महाशाखाका अनुसार राष्ट्रिय भिटामिन ‘ए’     कार्यक्रमअन्तर्गत ती औषधि खुवाउन लागिएको हो । 

छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र  एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।  

करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’   क्याप्सुल र करीब २३ लाख ९३ हजार  बालबालिकालाई जुकाको  औषधि खुवाइने छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्