![सार्वजनिक भयो वरुण धवन र कृति सेनन स्टारर 'भेडिया'को ट्रेलर [भिडियो]](https://lktcdn2.prixacdn.net/media/bhediya_ALiBBS0Wiz.jpg)
बलिउड स्टार वरुण धवन र कृति सेननको फिल्म 'भेडिया'को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ ।
अमर कौशिक निर्देशित यो चलचित्रको ट्रेलरलाई मानिसहरुले तारिफ गरिरहेका छन् ।
फिल्ममा वरुण धवन ब्वाँसो बनेर सबैको होस उडाएको देख्न सकिन्छ ।
यस डरलाग्दो कमेडी फिल्ममा वरुण धवनले ब्वाँसोको रूपमा मानिसहरूलाई डराउँदै आएका छन् भने कृति सेननले यस फिल्ममा डा अनिकाको भूमिका निर्वाह गरेकी छिन् ।
फिल्म नोभेम्बर २५ मा सिनेमा घरहरूमा रिलिज हुनेछ।