०३ असार २०८३, बुधबार

वाह ! यस्तो पो राजीनामापत्र

कात्तिक २, २०७९
वाह ! यस्तो पो राजीनामापत्र

तपार्ईं यस्तो जागिर खाँदै हुनुहुन्छ जसमा तपाईंलाई कुनै आनन्द आइरहेको छैन । अथवा तपाईंले जागिर खाने कार्यालयको माहोल दूषित छ । वा तपाईंलाई हाकिमले बढी नै पेलिरहेको छ । 

यस्तो अवस्थामा तपाईंले जागिर छोड्दा नै ठीक हुन्छ । 

जागिर छाड्छु भनी कार्यालयलाई सूचना दिनुपर्ने हुन्छ । राजीनामापत्र बुझाउँदा भाषाशैलीको राम्रो ध्यान दिनुपर्छ । 

तर यस्तो सल्लाहलाई एकजना कर्मचारीले मतलबै गरेनन् । उनले जम्मा तीन शब्द लेखेर हाकिमलाई राजीनामा बुझाए । उनको यो सिधासिधा शैली देखेर सामाजिक सञ्जालमा हाँसोको फोहरा छुटेको छ । 

राजीनामापत्रमा उनले लेखेका छन्, ‘बाई बाई सर’ । 

जागिर छोड्ने नै हो भने किन बेकारका शब्दहरूको फुर्का जोडिरहनु त ? राजीनामा दिने कारणहरू पनि किन बताइरहनु ? यस्तै सोच ती कर्मचारीलाई आएको हुनुपर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्