१४ असार २०८३, आइतबार

बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण

कात्तिक ४, २०७९
बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने पुल निर्माण

जुम्लाको गुठीचौर गाउँपालिका–२ मा रहेको जुम्लादेखि डोल्पा जोड्ने कोदारी पुल गएको असोज १९ गते आएको अविरल एक साताको वर्षाले बगाएपछि स्थानीयवासी, नेपालीसेना, नेपाल प्रहरीको सहयोगमा पुल निर्माण गरी सञ्चालनमा आएको छ । सो गाउँपालिकाको पहलमा काठेपुल निर्माण गरिएको हो ।

पुल बगाएर यस क्षेत्रमा यातायात प्रभावित भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएपछि गुठीचौर गाउँपालिका माथिल्लो भेगमा पर्ने मणिसाँघु, मुनिगाउँ, डिल्लीकोटसहित धेरै गाउँबस्तीमा अघोषित नाकाबन्दी जस्तै भएको छ । गाउँहरूमा दैनिक उपभोग्य वस्तुदेखि ओसारपसार गर्न निकै असज भएपछि गुठीचौर गाउँपालिका–१ र २ को अगुवाइमा दुईदिने श्रम शिविरबाट मोटरेबल काठेपुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्