०४ साउन २०८३, सोमबार

बाबु बोगटीले ल्याए ‘सान्नानी २’ [भिडियोसहित]

कात्तिक ६, २०७९
बाबु बोगटीले ल्याए ‘सान्नानी २’ [भिडियोसहित]

गायक बाबु बोगटीले आफ्नो चर्चित गीत ‘सान्नानी’को दोस्रो भाग ‘सान्नानी २ : एकानी दुवानी तीनानी’ सार्वजनिक गरेका छन् ।

आईतबार तिहारको अवसर पारेर उनले आफ्नो दुई दशक अघिको हिट गीतको दोस्रो भाग सार्वजनिक गरेका हुन् ।

‘सान्नानी २’मा बाबु बोगटीकै शब्द, संगीतसँगै स्वर छ ।

सञ्जय हमालले गीतको एरेन्ज गरेका हुन् ।

प्रहिल कार्कीको निर्देशनमा तयार भिडियोमा ‘सान्नानी’ अभिनेत्री नन्दिता केसी र बाबु स्वयं फिचर्ड छन् ।

बाबुले केही समयअघि ‘सान्नानी’ गीतको रिमेक भर्सन समेत ल्याएका थिए ।

‘नयाँ पुस्तालाई रिकल गर्न’ भन्दै रिमेक भर्सन ल्याएको उनको भनाइ थियो ।

‘सान्नानी २’मा नयाँ गीतको भावलाई पुरानो गीतसँग पनि जोड्ने कोसिस गरिएको बाबुको भनाइ छ ।

उत्तम हुमागाईंको छायांकन रहेको भिडियो माधव बेल्वासेको सम्पादनपश्चात बाबु बोगटीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

केही वर्षयता अमेरिकालाई कर्मथलो बनाएका बाबुका तुलसी आँगनमा, जमुना, टिकुली लगायतका थुप्रै गीत चर्चित छन् ।

 

 

कमेन्ट गर्नुहोस्