×

NMB BANK
NIC ASIA

कुकुर तिहार विशेष

कुकुरलाई 'हिरो' बनाइएका यी नेपाली चलचित्र

कात्तिक ७, २०७९

NTC
Premier Steels

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदै छ ।

Muktinath Bank

आजको दिन घर आँगनमा कुकुरलाई मनपर्ने खाना खुवाइन्छ । पूजा गरेर माला लगाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुकुरलाई यमदूतका रुपमा पनि लिइन्छ । किनकी, कुकुर यमराजको प्रिय मध्येको भक्त मानिन्छ । 


Advertisment
Nabil box
Kumari

इमान्दार र वफादार घर पालुवा जनावर पनि भनिन्छ कुकुरलाई । 

Vianet communication

आज्ञापालक एवं रक्षक मात्र मानिँदैन यसलाई, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्यमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । 

चलचित्रमा समेत कुकुरको प्रयोग हुने गरेको छ ।  

पछिल्लो समय त्यो क्रममा कमी देखिएपनि केही पुराना नेपाली फिल्म छन्, जसमा कुकुरलाई ‘हिरो’जसरी प्रस्तुत गरिएको छ । 

साथी

कुकुरलाई मुख्य भूमिकामा प्रस्तुत गरिएकामध्ये एउटा सशक्त फिल्म हो, ‘साथी’ । 

लक्ष्मीनाथ शर्माद्वारा निर्देशित फिल्म ‘साथी’ २०५४ सालमा निर्माण भएको हो । 

राजेश हमाल र करिश्मा मानन्धर शीर्ष भूमिकामा रहेको फिल्ममा कुकुरलाई निकै विशेष र सशक्त रुपमा प्रस्तुत गरिएको छ ।

फिल्ममा कुकुर ‘हिरो’जसरी पर्दामा प्रस्तुत भएको हेर्न सकिन्छ । 

फिल्ममा अभिनेता राजेशको साथीको रुपमा कुकुरको अभिनय हेर्न सकिन्छ, जसले राजेशलाई बालकदेखि जवान हुँदासम्म हरेक सुख, दुःखमा साथ दिएको छ । 

द्वन्द्वका दृश्यहरूमा मात्र नभएर गीतमा समेत कुकुरको प्रस्तुती हेर्न सकिन्छ ।

‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ’ बोलको गीतमा राजेश र करिश्मासँग कुकुरको नृत्य रहेको हो । 

जून विषयलाई लिएर पनि त्यसताका निकै चर्चा भएको थियो । त्यतिबेलासम्म नेपाली फिल्ममा कुकुरको खासै प्रयोग भएको थिएन । 

कुकुरकै प्रयोग गरिएका कारण पनि ‘साथी’ फिल्मलाई लिएर निकै चर्चा भएको फिल्मकर्मीहरू स्मरण गर्छन् ।

खासमा त्यो कुकुर भारतको मदरासमा फिल्मको तालिम दिइएको कुकुर थियो । 

सोही कुकुर नेपाल ल्याएर फिल्ममा अभिनय गराइएको थियो । 

फिल्म प्रदर्शनमा आएसँगै निकै हिट भयो । अहिले पनि दर्शकहरूले उक्त फिल्मलाई सम्झने गर्छन् ।

कुकुरको प्रयोगले फिल्मको व्यापारमा समेत निकै फाइदा पुर्याएको स्वयं निर्देशक स्वीकार्छन् । 

कुकुरलाई लिएर धेरै फिल्म बने तापनि ‘साथी’ फिल्ममा कुकुरको प्रयोग निकै राम्रो भएको फिल्मकर्मीहरू बताउँछन् ।

भाइ

दीपक श्रेष्ठको लेखन एवं निर्देशन रहेको फिल्म ‘भाइ’मा कुकुरलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । 

दुई दशकभन्दा अघि प्रदर्शनमा आएको यो फिल्म कुकुरलाई नै शीर्ष भूमिकामा राखेर निर्माण गरिएको हो । फिल्ममा ‘भाइ’को भूमिकामा कुकुर प्रस्तुत छ । 

फिल्ममा सुशील क्षेत्री, दीपक श्रेष्ठ, मेलिना मानन्धर, गौरी मल्ल, बसुन्धरा भुसाल, राजेन्द्र खड्गी, विजय देउजा, सुनिल थापा लगायतको अभिनय छ । 

अभिनेता सुशीलको हरेक सुख, दुःखसँगै पारिवारिक समस्यामा समेत कुकुरले सारथीको भूमिका निर्वाह गरेको छ । 

फिल्ममा कुकुरले विभिन्न जोखिमपूर्ण कार्य समेत गरेको देख्न सकिन्छ । 

अभिनेता सुशीलको रक्षाका लागि कुकुरले आफ्नो ज्यान नै दिएको फिल्मको दृश्यले धेरैको मन छुन्छ । 

आफ्नो नजिकको व्यक्तिका लागि कुकुर कतिसम्म इमानदार र बफादार हुन्छ भन्ने सन्देश पनि फिल्मले दिन खोजेको पाइन्छ ।

फिल्ममा कुकुरको प्रयोगले व्यापारमा समेत धेरै फाइदा पुर्याएको निर्देशक श्रेष्ठको अनुभव छ । 

पापी मान्छे र पापी मान्छे २

‘भाइ’ निर्देशक दीपक श्रेष्ठकै निर्देशनमा बनेको फिल्म ‘पापी मान्छे’ र ‘पापी मान्छे २’मा पनि कुकुरलाई मुख्य भूमिकामै प्रस्तुत गरिएको छ ।

फिल्ममा कुकुरलाई द्वन्द्वका दृश्यहरूमा प्रयोग गरिनुका साथै अभिनेता अभिनेत्रीहरूको सुख दुःखमा साथ दिइएको देखाइएको छ । 

‘पापी मान्छे’मा निखिल उप्रेती, करिश्मा मानन्धर, संचिता लुइँटेल, सुनिल थापा, हिँउवाला गौतम, किरण केसी, दिनेश शर्मा लगायतको अभिनय छ । 

त्यस्तै, ‘पापी मान्छे २’मा निखिल उप्रेती, पूजना प्रधान, सुनिल थापा, सुनिल दत्त पाण्डे लगायतको अभिनय छ ।

यी फिल्ममा कुकुरसँगै बाँदरको समेत अभिनय छ । 

तकदिर

अभिनेत्री झरना थापाको निर्माण रहेको ‘तकदिर’ पनि कुकुरलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । 

१४ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्मलाई दीपक श्रेष्ठले नै निर्देशन गरेका थिए । 

फिल्ममा अभिनेता बिराज भट्टको सहयोगीको भूमिकामा कुकुरलाई हेर्न सकिन्छ । 

‘जंगे’ नामको उक्त कुकुरले बिराजका हरेक सुख, दुःखमा साथ दिएको छ । 

फिल्ममा बिराजसँगै झरना थापा, दिलीप रायमाझी, नन्दिता केसी लगायतको अभिनय छ । 

यो फिल्मलाई पनि दर्शकले निकै रुचाएका थिए । 

अन्त्य

दिनेश शर्माको निर्माण रहेको फिल्म ‘अन्त्य’मा पनि कुकुरलाई मुख्य भूमिकामै प्रस्तुत गरिएको छ । 

फिल्ममा दिनेश शर्मा, उषा पौडेलसँगै जूनु नामको कुकुरको मुख्य भूमिका रहेको छ । 

दिनेश शर्माको सहयोगी भूमिकामा कुकुरको अभिनय छ । 

बासुदेव पोखरेलको निर्देशनमा बनेको यस फिल्ममा पनि द्वन्द्वका दृश्यहरूमा समेत कुकुरको अभिनय हेर्न सकिन्छ । 

ए मेरो हजुर ४

यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’मा पनि कुकुरको अभिनय छ । 

झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत मुख्य भूमिकामा छन् । 

उनीहरूसँगै फिल्ममा ‘कोको’ नामको कुुकुरको समेत अभिनय छ ।

‘कोको’ अभिनेता अनमोल केसीको कुकुर हो । 

कुकुर प्रेमी अनमोलले ‘ए मेरो हजुर ४’मा आफ्नो प्रिय कुकुरलाई अभिनय गराएका हुन् । 

अन्य फिल्ममा पनि छ कुकुरको अभिनय

दीपक श्रेष्ठ निर्देशित फिल्म ‘हिम्मत २’, विकास आचार्य निर्देशित फिल्म ‘नसिब आफ्नो’, दयाराम दाहाल निर्देशित फिल्म ‘ढुकढुकी’, मदन घिमिरे निर्देशित ‘फैसला’ लगायतका फिल्ममा पनि कुकुरको प्रस्तुती हेर्न सकिन्छ ।

केही निर्माताले नेपाल प्रहरीबाट तालिमप्राप्त कुकुर ल्याएर फिल्ममा प्रस्तुत गरे भने केहीले विदेशबाट समेत तालिमप्राप्त कुकुर ल्याएर फिल्ममा  प्रस्तुत गराएका थिए ।

तर, पछिल्लो समय भने फिल्ममा कुकुरको प्रयोग विरलै देखिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x