
भारतको एक अदालतले एक किशोरीलाई अपमानजनक ढंगले ‘माल’ भन्ने पुरुषलाई डेढ वर्षको कैद सजाय सुनाएको छ ।
बालबालिकाविरुद्धको हिंसासम्बन्धी पोस्को अदालतले १६ वर्षीया किशोरीको कपाल तानेर ‘ए, माल कता जाँदैछेस्’ भन्ने एक पुरुषलाई कैद सजाय दिएको हो ।
सन् २०१५ मा विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई २५ वर्षीय ती व्यापारी पुरुषले यौन दुर्व्यवहार गरेका थिए ।
किशोरीलाई यौन शिकार बनाउने उद्देश्यले ती पुरुषले एक महिनादेखि पछ्याइरहेको पनि अदालतले थाहा पाएको थियो ।
यस्तो जघन्य व्यवहारमा दया देखाउन नहुने निष्कर्ष निकाल्दै अदालतले अभियुक्तलाई कैद सजाय दिएको हो ।
आफूले किशोरीसँग मित्रता गरेकोमा आपत्ति जनाउँदै किशोरीका आमाबुवाले फसाएको भनी पुरुषले गरेको दाबीलाई अदालतले खारेज गरिदिएको छ ।