०९ साउन २०८३, शनिबार

बक्स अफिसमा ‘कान्तारा’को आक्रामक व्यापार , कति कमायो ?

कात्तिक १४, २०७९
बक्स अफिसमा ‘कान्तारा’को आक्रामक व्यापार , कति कमायो ?

बलिउड चलचित्र  ‘कान्तारा’ ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।

हलमा रिलिज भएदेखि नै यस चलचित्रले बक्स अफिसमा दमदार व्यापार गरेको हो ।

चलचित्र कन्नड र हिन्दी संस्करणहरूमा आएको छ, जसमा सबै संस्करणले बक्स अफिसमा राम्रो उपस्थिति कायम राखेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

 हिन्दी भर्सनमा रहेको 'कान्तारा'ले दोस्रो हप्ताको अन्त्यमा कुल ३८.५५ करोड भारतीय रुपैयाँ कमाएको छ । 

पहिलो दिन १.२७  करोड, दोस्रो दिन २.७५ करोड, तेस्रो दिन ३.५ करोड रुपैयाँ कमाएको यस चलचित्रले शुक्रवारको तुलनामा सोमवारसम्ममा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको व्यापार गरेको बताइएको  छ ।

 लगातार बृद्धिसँगै बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्नुका साथै 'कान्तारा'ले हालै आईएमडीबीद्वारा रिलिज गरिएको भारतको हालैका शीर्ष २५० फिल्महरूको सूचीमा पनि आफ्नो स्थान नम्बर १ मा राखेको छ। 

   

salt training

कमेन्ट गर्नुहोस्