०९ साउन २०८३, शनिबार

लाखौं जितेर 'भाग्यको कायापलट' गर्ने टिभीएसको अफर ३ दिन मात्र बाँकी

कात्तिक १६, २०७९
लाखौं जितेर 'भाग्यको कायापलट' गर्ने टिभीएसको अफर ३ दिन मात्र बाँकी

नेपालका लागि टिभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं, तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तिन दिन मात्र बाँकी रहेको जनाएको छ । 

यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्नका लागि टिभीएसमा कुनै पनि दुई पाङ्ग्रे सवारी साधन किन्न समेत कम्पनीले आग्रह गरेको छ । 

योजना मार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेको कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार, यस योजनामा नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउने सुविधा रहेको छ ।

साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले  रियलमी सी३० स्मार्ट फोन, २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक  ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्