×

NMB BANK
NIC ASIA

पशुपतिको ‘आफ्नो आफ्नो दुःख’ : २५ हजारमा बनेको भिडियो ट्रेन्डिङको पहिलो नम्बरमा

‘गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन’

कात्तिक १६, २०७९

NTC
Premier Steels

'मलाई पनि छ, उनलाई पनि छ 

Muktinath Bank

आफ्नो आफ्नो दुःख त


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुनलाई पनि छ...'


Advertisment
Nabil box
Kumari

उल्लेखित पंक्तिहरू लोकगायक पशुपति शर्माले चार दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको ‘आफ्नो आफ्नो दुःख’ बोलको गीतको हो । 

Vianet communication

जुन गीत यतिबेला सर्वाधिक चर्चामा छ । टिकटकमा गीत छाएको छ, युट्युबमा लोभलाग्दो भ्युज पाइरहेको छ । 

युवापुस्तामाझ चर्चित फरक जनराका अर्का गायक सज्जनराज वैद्यको गीतलाई पछि पार्दै पशुपतिको गीत युट्युबको नेपाल ट्रेन्डिङमा संगीततर्फ पहिलो नम्बरमा उक्लिएको छ । समाचार तयार पार्दासम्म युट्युब भ्युज १४ लाख ५० हजार बढी पुगिसकेको छ । 

खासमा यो गीत पशुपतिले तीजको समयमा रेकर्ड गरेका थिए । तीजपछि भिडियो बनाएर सार्वजनिक गर्ने उनको तयारी थियो । 

यद्यपि, उनी लगातार कार्यक्रमहरूमा ब्यस्त बन्न पुगे । ‘कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया गएँ, जापान गएँ,’ उनी सुनाउँछन्, ‘यो गीत गाएको बिर्सिएको रहेछु ।’ 

पञ्चेबाजा गीत ‘जन्तै जाम्ला भतेरै खाम्ला’ तयार पारे । भिडियो बनाएर सार्वजनिक गरे ।

‘त्यसपछि पो मालश्री स्टुडियोको भाइले पुरानो गीत ल्याउने होइन दाइ भनेर सम्झाउनुभयो,’ उनी अगाडि सुनाउँछन् ‘अनि बल्ल ए ! हो त भन्ने भयो ।’ 

निर्देशक दुर्गा पौडेलसँग भिडियोका लागि छलफल गरे । एउटा कन्सेप्ट बनाए । 

त्यो कन्सेप्टमा भिडियो बनाउँदा ३ दिन लाग्ने र आर्थिक रुपमा पनि धेरै खर्च हुने देखियो । 

‘त्यो भन्दा बरु सामान्य भिडियो बनाएर विचार गरौं न भन्ने भयो,’ उनी भन्छन्, ‘त्यसपछि सामान्य भिडियो बनाइयो ।’

दुर्गा पौडेलको निर्देशनमा गीतको भिडियो सामान्य बन्यो । भिडियोमा पशुपति स्वयं प्रस्तुत भए । 

गीत चलेपछि उनी सुनाउँछन्, ‘दर्शक श्रोेताले कलाकारले कसरी गाउँछ भनेर पनि हेर्न चाहानुहँदोरहेछ । जे सोचेको थिए, त्योभन्दा धेरै रुचाउनुभएको छ ।’ 

आफूलाई असाध्यै मन परेको भएपनि यति धेरै राम्रो प्रतिक्रिया पाउला भन्ने आफूले नसोचेको उनको भनाइ छ । 

पशुपतिका अनुसार गीतको भिडियोमा २५ हजार रुपैयाँ मात्र लगानी भएको छ । 

‘यत्तिको सामान्य भिडियो बनाउँदा पनि ५०-६० हजार रुपैयाँ खर्च लाग्छ । तर, यो गीतको सन्दर्भमा निर्देशकले पैसा लिन मान्नुभएन । बाद्यबादक साथीहरुले पनि पैसा लिन मान्नुभएको थिएन । उहाँहरुलाई थोरै मात्रै पारिश्रमिक दिएको हुँ । त्यसैले सस्तोमा म्युजिक भिडियो बनेको हो’, शर्माले लाेकान्तरसँग भने ।  

गीतमा पशुपतिले आम मानिसको दुःख शलाई प्रस्तुत गरेका छन् ।

गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन

पछिल्लो समय निकै तामझामका साथ लाखौं खर्च गरेर भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । तर, गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन भन्ने उदाहरण पनि हो, पशुपतिको गीत ‘आफ्नो आफ्नो दुःख’ । 

गीत राम्रो भए सामान्य भिडियोमा पनि चल्छ भन्ने गीतले पुष्टि गर्छ ।

यसअघि सामान्य भिडियो मै प्रशान्त पौडेलको ‘सान्नानी जाम् पोखरा’ गीत पनि निकै चर्चित बनेको थियो ।

भिडियो

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x