×

NMB BANK
NIC ASIA

सामान्य भिडियोमै ‘हिट’ भएका यी हुन् केही गीतहरू

कात्तिक १७, २०७९

NTC
Premier Steels

गीतमा म्युजिक भिडियो अनिवार्यजस्तै बनेको छ । त्योसँगै संगीत क्षेत्र महँगो बन्दै गएको छ । स्टार कलाकारहरू लिएर लाखौँ रुपैयाँ लगानी गरेर तामझामका साथ भिडियो निर्माण गर्ने परिपाटी अहिले व्याप्त छ । तर, सामान्य भिडियोमै पनि केही गीतहरूले दर्शक स्रोताहरूको निकै माया पाएका छन् । 

Muktinath Bank

सर्जक एवं गायक देबेन्द्र बब्लुले ९ महिनाअघि ‘म त पर्खेको पर्खै छु’ बोलको गीत ल्याए । आफ्नै शब्द, संगीत, स्वर रहेको गीतको भिडियो देवेन्द्रले सामान्य बनाएका थिए । आफ््नै अभिनय रहेको गीतले स्रोता दर्शकबाट निकै माया पायो । टिकटकमा निकै चलेको गीतले युट्युबमा पनि राम्रो भ्युज पाएको छ । अहिले गीतको भ्युज ९० लाख बढी पुगिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशान्त पौडेलले ४ महिनाअघि ‘सान्नानी जाम पोखरा’ बोलको गीत ल्याए । उनकै शब्द, संगीत र स्वरमा सार्वजनिक गीत स्रोता दर्शकले असाध्यै रुचाए । टिकटकमा भाइरल गीतले युटयुबमा पनि राम्रो भ्युज पायो । प्रशान्तले स्टुडियोभित्र आफ्नो ‘लिप्सिङ’ खिचे र भिडियो तयार पारेका थिए । अहिले भिडियोको भ्युज ७५ लाख पुगिसकेको छ । 


Advertisment
Nabil box
Kumari

यतिबेला अर्को एउटा सामान्य भिडियो भएको गीतले स्रोता दर्शकबाट निकै माया पाइरहेको छ । पशुपति शर्माले पाँच दिनअघि सार्वजनिक गरेको ‘आफ्नो आफ्नो दुःख’ चर्चित बनेको हो । उनकै शब्द, संगीत, स्वर रहेको गीतको भिडियो पशुपतिले न्यून खर्चमा सामान्य बनाएका छन् । टिकटकमा भाइरल गीतले युट्युबमा हरेक दिन ५ लाख भ्युज बढाइरहेको छ । 

Vianet communication

गायक सज्जनराज वैद्यले आफ्ना प्राय गीतको भिडियो सामान्य भिडियो बनाउँदै आएका छन् । यद्यपि, पनि उनका अधिकांश गीतहरू स्रोता दर्शकले निकै रुचाउँदै आएका छन् । उनको पछिल्लो गीत ‘धैर्य’लाई पनि उत्तिकै रुचाइएको छ । अन्य थुप्रै गीतहरू छन्, जसले सामान्य भिडियोमै पनि राम्रो चर्चा पाएका छन् । यसप्रकारका गीतले के सन्देश प्रवाह गर्छन् भने गीत राम्रो भए भिडियोमा तामझाम चाहिँदैन, सामान्य भिडियोमै पनि स्रोता/दर्शकले रुचाउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x