पुस २०, २०७९
बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...
आख्यानको लघुत्तम विधा लघुकथाको उन्नयनमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील संस्था लघुकथा समाज, नेपालको वार्षिक साधारण सभाले लघुकथाकार/साहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसअघि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ समाजका अध्यक्ष थिए ।
शनिवार बिहान सम्पन्न समाजको १५औँ साधारण सभाले संस्थाको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल तथा सचिवमा श्रीबाबु कार्कीलाई निर्विरोध चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा सिन्धु गौतम, सुषमा मानन्धर, राजेश खनाल, नवराज रिजाल, रामप्रसाद पण्डित र तारा केसीलाई चयन गरेको छ । प्रा.डा. लक्ष्मणप्रसाद गौतम, रामप्रसाद पन्त र अश्विनी कोइराला रहेको निर्वाचन समितिले निर्विरोध चयनको घोषणा गरेको हो ।
साधारण सभाको प्रारम्भमा कवि विश्वविमोहन श्रेष्ठ, कृष्ण प्रसाईं, राधेश्याम लेकाली, प्रद्युम्न जोशी, गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
उक्तअवसरमा महासचिव तुलसीहरि कोइराला र कोषाध्यक्ष सुमन सौरभद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निवर्तमान अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र नवनिर्वाचित अध्यक्ष गोपाल अश्कले आफ्ना धारणा राखेका थिए ।
बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का न...
पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । पुस्तकमा योग सूत्रको शाब्दिक अनुवाद र त्यसको व्याख्या गर्ने ...
नेपाल प्रज्ञा प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशन गरेको छ । साहित्यकार तथा समालोचक प्रेमनारायण भुसालले तयार पारेको अनुसन्धानलाई प्रतिष्ठानले किताबका रूपमा प्रकाशन गरे...
म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुर...
राष्ट्रिय जनसांस्कृतिक सङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिएका छन् । ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...