०९ साउन २०८३, शनिबार

११.११ अभियानको लागि नेपाल एसबिआई बैंक र दराजबीच सम्झौता

कात्तिक २०, २०७९
११.११ अभियानको लागि नेपाल एसबिआई बैंक र दराजबीच सम्झौता

नेपाल एसबिआई बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको  ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यो योजना कार्तिक २४ गते, बिहीवार (नोभेम्बर ११) देखि देखि लागू हुनेछ । 

उक्त सम्झौता पत्रमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र दराजको तर्फबाट विद्युतीय भुक्तानी तथा साझेदार विभागका प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । 

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख ब्यापर प्रवद्र्घन अधिकृत रितेश अर्याल, वरिष्ठ प्रबन्धक, प्रविन मुनि बज्राचार्य  तथा दराजका पदाधिकारीको उपस्थिति थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्