
पछिल्लो १ हप्तामा ३०० जनामा डेंगुको संक्रमण देखिएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रवारसम्म ३०० नयाँ संक्रमित थपिएका छन् ।
यससँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको शुरूमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।
यसैगरी, आइतवार कोभिड–१९ का २८ जना संक्रमित थपिएका छन् । देशभर गरिएको १ हजार ८७९ नमूना परीक्षणमा २८ जना संक्रमित भेटिएका हुन् । आइतवार निको हुने बिरामीको संख्या १८ जना रहेको छ ।
यससँगै देशभर संक्रमणबाट निको हुने बिरामीको संख्या ९ लाख ८८ हजार १४५ पुगेको छ । सक्रिय संक्रमित ५७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार १९ रहेको छ ।