०९ साउन २०८३, शनिबार

थानेश्वर र शान्तीश्रीको स्वरमा ‘अतीत भुल्ने दबाई’

कात्तिक २३, २०७९
थानेश्वर र शान्तीश्रीको स्वरमा ‘अतीत भुल्ने दबाई’

गायक थानेश्वर गौतम र गायिका शान्तीश्री परियारको स्वरमा ‘अतीत भुल्ने दबाई’ बोलको गीत सार्वजनिक भएको छ । 

बुधवार ‘बादल घिमिरे’ युट्युब च्यानलमार्फत प्रेम विरहको गीत सार्वजनिक भएको हो ।

स्वाभिमान सुवेदीको मनछुने शब्द रहेको गीतमा थानेश्वर स्वयंले संगीत भरेका हुन् भने कमल सौरागले संगीत संयोजन गरेका छन् । 

विनोद भण्डारीको कथा एवं निर्देशनमा ग्रामीण परिवेशमा रहेर गीतको भिडियो तयार पारिएको हो । 

स्मारिका ढकाल, गीतकार स्वाभिमानसँगै प्रकाश घिमिरेको भिडियोमा अभिनय छ । 

नवराज उप्रेतीको छायाँकन, मनोज कार्कीको सम्पादनपश्चात भिडियो सार्वजनिक भएको हो ।

 

salt training

कमेन्ट गर्नुहोस्