
नेपाली लोक सांगीतिक क्षेत्रका चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर बानियाँ र क्षेत्रीले औपचारिकरुपमा सम्बन्ध विच्छेद गरेका हुन् ।
सम्बन्ध विच्छेदका लागि क्षेत्रीले केही दिन अघि जिल्ला अदालतमा निवेदन दिएका थिए ।
सम्बन्ध विच्छेदको प्रक्रिया पूरा गरेपछि क्षेत्रीले भने, ‘मन नहुँदा नहुँदै सहमतिमै हाम्रो सम्बन्ध टुङ्ग्याएका छौं ।’
उनीहरुको एक छोरी छन् । उनको लालनपालन भने क्षेत्रीले गर्ने सहमति भएको छ । तर, उनको उमेर नपुग्दासम्म छोरी आमासँगै रहने बताइएको छ ।
उनीहरूबीच ३ वर्ष अगाडि विवाह भएको थियो ।