
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ ।
दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभर रहेका सिप्रदीका च्यानल पार्टनरहरु – आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम सके पछि सिफारिस गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका छन् ।
कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र दिएका थिए ।