१४ असार २०८३, आइतबार

विराटनगर महानगरपालिकाकाे लाेगाे बनाउनेलाई एक लाख पुरस्कार

कात्तिक २८, २०७९
विराटनगर महानगरपालिकाकाे लाेगाे बनाउनेलाई एक लाख  पुरस्कार

विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउने भएको छ। 

महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरेकाे छ । 

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन्।

मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

छनोटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगदले पुरस्कृत गरिनेछ। छनोट भएको लोगो महानगरपालिकाले प्रयोगमा ल्याउनेछ।

लोगोमा समेटिनुपर्ने विषय र सर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशन गरिसकेको छ। रासस

salt training

कमेन्ट गर्नुहोस्