×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

लोसपाले कति सीट जित्छ ? थ्रेसहोल्ड कट्छ कि कट्दैन ? [महन्थ ठाकुरसँग अन्तर्वार्ता]

कात्तिक २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर वयोवृद्ध अवस्थामा पनि नवयुवाको जोशसहित चुनाव प्रचार गरिरहेका छन् । 

Muktinath Bank

महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उनी लोसपाका उम्मेदवार हुन् । जनता समाजवादी पार्टीका हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामआधार कापरले उनलाई टक्कर दिइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनाव प्रचारका क्रममा अतराढ गाउँमा भेटिएका ठाकुरसँग लोकान्तरकर्मीहरू विन्देश दहालअजयअनुरागीले चुनावकेन्द्रित तथा मधेशी एजेन्डाका विषयमा कुराकानी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ, कुराकानीको संक्षेप :

Vianet communication
Laxmi Bank

अहिले निर्वाचनमा होमिनुभएको छ । कस्तो माहोल पाइरहनुभएको छ ?

– राम्रै छ । भेटघाट भइरहेको छ । मत माग्ने काम हो । 

जनताले के भनिरहेका छन् ?

– विकास निर्माणको विषयमा कुरा हुन्छ । अरू विषयमा पनि कुरा हुन्छन् । समस्याहरू छन् । ती विषयहरूमा पनि कुरा हुन्छ ।

प्रतिद्वन्द्वीहरूले तपाईंलाई कडा टक्कर दिइराख्नुभएको छ भन्ने हल्ला छ । 

– चुनाव हो । प्रतिस्पर्धा त भइहाल्छ । बहुदलीय व्यवस्था हो । 

तपाईं जित्ने आधारहरू के हुन् ?

– जित्ने आधार भनेको राजनीतिप्रति, मधेशी जनताप्रतिको मेरो प्रतिबद्धता हो । मैले सबैथोक छोडेर आएको कुरा यहाँका जनतालाई थाहा छ । 

सबै छोडेर आएँ भन्नुभयो । के के पाइन्थ्यो होला कांग्रेसमै बसिरहेको भए । 

– कांग्रेसमा त म उच्च पदमा पुगिसकेको थिएँ । जे पनि हुन सक्थें । तर नैतिक प्रश्न उठेको थियो । गोली चलिरहेको थियो, मान्छे जेलमा गइरहेका थिए । त्यसपछि यहाँका जनताले पनि मलाई ‘अब के लिनुछ र, आउनुस्’ भन्नुभयो । त्यसपछि म मधेश आएँ ।

मधेशमा आएपछि पनि ठूलै योगदान गर्नुभयो । तपाईंले उठाउनुभएका कतिपय एजेन्डा सफल भए । तर कतिपय लक्ष्य अझै हासिल भएका छैनन् । संविधान संशोधनको कुरा पनि भएन नि !

– संविधान संशोधनको विषय छ । भाषासम्बन्धी विषय छ । मधेश आन्दोलनको दौरान साथीहरूमाथि मुद्दा लगाइएको छ । आतंककारी भनिएको छ । जेलमा राखिएको छ । तिनीहरूको रिहाइका लागि कुराकानी भइरहेको छ । कानूनी कारवाही गरिसकेपछि कानूनद्वारा नै त्यसको निकास खोज्नुपर्नेछ । मुद्दा फिर्ता लिनुपर्ने कुरा छ । राजनीतिक आन्दोलनहरूमा सहभागी भएकाहरूमाथि आपराधिक मुद्दा चलाइएको छ । उहाँहरू छुट्नुपर्छ भन्ने हाम्रो माग जारी छ । 

नागरिकता सबैलाई जरूरी छ । नागरिकताविना नागरिकको अस्तित्व हुँदैन । नागरिकताबाट राज्यसँग संवैधानिक र कानूनी सम्बन्ध बन्छ । राज्यबाट पाउने सेवासुविधा नागरिकताबाट नै सम्भव हुन्छ । नागरिकताविना कुनै काम गर्न सकिँदैन । बाहिर जान पनि सकिँदैन । मधेशको मानिस नागरिकताविना पीडित छ । संघीय कानूनअनुसार नागरिकता दिलाउनुपर्छ । 

संविधान संशोधनको एजेन्डा उठाउनुभएको थियो । अहिले पनि त्यो एजेन्डा हो ?

– छँदैछ नि । जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो माग अहिले पनि छ । सरकारले थोरै करेक्सन गर्‍यो । जस्तै, प्रतिनिधिभामा पनि सीट बढाइयो । स्थानीय तहमा पनि संख्या बढाइएको छ । तर राष्ट्रिय सभामा अहिलेसम्म पनि जनसंख्याको आधारमा प्रतिनिधित्व छैन । 

बजेट वितरणमा पनि प्रश्न छ । मधेशले थोरै बजेट पाइरहेको छ जबकि राजस्व यहाँबाट बढी जान्छ । त्यसले गर्दा मधेश शिक्षा, स्वास्थ्य, रोजगारीमा पछाडि परेको छ । मधेशीहरूको प्रतिव्यक्ति आम्दानी कम छ । 

मधेश आन्दोलनमार्फत मधेशका एजेन्डाहरू स्थापित त भए तर मधेशवादी शक्तिहरू तितरबितर भए । यसले मधेशलाई क्षति भएको छैन र ?

– दलीय प्रणालीमा यो कुनै ठूलो कुरा हैन । पार्टीहरू बन्छन्, बिग्रन्छन् । नेता कार्यकर्ता एक पार्टीबाट अर्को पार्टीमा जान्छन् । नामै हो बहुदल । त्यसकारण यो सबै भएको हो । हाम्रोमा राजनीतिक उथलपुथलको इतिहास रहेको छ । मारकाट, हत्या, षड्यन्त्रको इतिहास छ । राजनीतिक स्थिरता आएपछि मात्र विकास हुने हो । स्थिरताले सामान्य अवस्था ल्याउँछ र त्यसपछि मात्र काम हुन्छ । छिटोछिटो प्रधानमन्त्री र मन्त्रीहरू बदलिँदा काममा अवरोध हुन्छ । सचिवहरू सरुवा यताउता हुँदा कामहरूमा असर परिरहेको हुन्छ । 

मधेशी शक्तिहरूसँग गठबन्धन किन हुन सकेन भनी सोधेको ।

– प्रत्येक पार्टीको एउटै एजेन्डा हुँदा पनि नीति कार्यक्रम अलगअलग हुन्छ । जुनसँग चित्त बुझ्छ, त्यसैसँग गठबन्धन गर्ने हो । 

अहिले गरेको गठबन्धनलाई सकारात्मक रूपमा लिनुभएको छ ?

– नकारात्मक भएको भए गठबन्धनमा आउँदैनथियौं नि । 

लोसपाले धेरै ठाउँमा उम्मेदवारी दिएको छ । कतिपयले चाहिँ लोसपाको थ्रेशहोल्ड नै कट्दैन, राष्ट्रिय पार्टी नै बन्दैन भनेर आकलन गरिरहेका छन् । यथार्थ के हो ?

– यथार्थ त मतपरिणाम आएपछि देखिन्छ । हामी अन्तर्यामी हैनौं, पण्डित हैनौं यति नै सीट आउँछ भन्नका लागि । अनपेक्षित परिणामहरू यसपालि आउन सक्छ । 

तपाईंको पक्षमा ?

– हैन, मैले समग्र चुनावी परिणामको कुरा गरेको हो । स्थानीय तहको परिणामले त्यो देखाएको छ । त्यसको आधारमा मैले भनेको हो । 

गठबन्धन भनियो तर तपाईंहरूको सहमति कांग्रेससँग मात्र भयो नि सीट बाँडफाँटमा । कांग्रेससँग मात्र हो गठबन्धन तपाईंको ?

– गठबन्धन त सबैसँग भएको हो । कांग्रेसले नेतृत्व गरिरहेको हुनाले र अन्तिम समयमा गठबन्धन भएको हुनाले सबैसँग सहमति हुँदाहुँदै पनि नेतृत्वकर्ताको हिसाबले कांग्रेससँग सीट बाँडफाँट गरियो । 

मंसिर ४ पछि लोसपा सरकारमा जान सक्छ होला ?

– सरकारमा जाने नजाने त परिणाममाथि निर्भर रहन्छ । गठबन्धनको अवस्था के हुन्छ, त्यसमाथि निर्भर हुन्छ । 

मधेश प्रदेशमा तपाईंको नेतृत्वको सरकार बन्छ कि बन्दैन ?

– हाम्रो नेतृत्वमा बन्ने सम्भावना छैन । भन्न खोजेको, हाम्रो नेतृत्वमा बन्न सक्छ तर पूर्ण बहुमत हामीले ल्याउने सम्भावना छैन । 

तपाईंहरूलाई मुख्यमन्त्री नै चाहिन्छ मधेश प्रदेशमा भनेर सहमति भएको हो ?

– कुरा त जे पनि हुन्छ नि । राजनीतिमा सबैले आआफ्नो पक्ष राख्छन् । 

त्यस्तो कुनै सहमति भएको छैन ? दाबी मात्र हो ?

– परिणाम नै आएको छैन । अनि कसरी सहमति हुने हो ? चुनाव जितेर सांसद भइसकेपछि सबैजना प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीका लागि फिट हुन्छन् । 

चुनावपछि राष्ट्रपति वा प्रधानमन्त्री बन्ने चाहना छ ? तपाईंको यति धेरै लगानी भयो ? कतिपयले तपाईंको यो नै अन्तिम चुनाव हो भनिरहेका छन् ।

– शुरूमा नै मैले भनिसकें, म सबै चीज छोडेर आएको हो । दिएको त हो नि मलाई । तर छोडें । प्रेसले नै सबैथोक बनायो । ठीक छ । धन्यवाद छ त्यसका लागि । 

समीकरण मिल्यो भने प्रधानमन्त्री बन्ने सम्भावना छ ?

– मागेको छैन मैले । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x