×

NMB BANK
NIC ASIA

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel
  • डी.आर. घिमिरे

पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई सफा गर्ने र पुराना पार्टीहरूले अब आइन्दा नयाँ र पुरानाको सन्तुलन मिलाउनु पर्ने बाध्यात्मक अवस्था भने सिर्जना भएको छ ।

Muktinath Bank

माओवादी केन्द्रका शीर्ष नेता डा. बाबुराम भट्टराईले पुराना दलको काम छैन भनेर नयाँ प्रयोग गर्न खोजेका थिए, तर उनी असफल भएर पुरानै ठाउँमा फर्के । तथापि सोझै फर्केको कुरा नभनेर उनले घुमाउरो पाराले ‘सेफ ल्यान्डिङ’ गरेका छन् । उता रवीन्द्र मिश्रले पनि नयाँ केही गर्न खोजेका थिए । तर उनी पनि असफल भएर राप्रपामा प्रवेश गरे । यी केही उदाहरण हुन्, जसका आधारमा पुरानाहरू सबै असफल भएका हैनन्, बरु नयाँहरू असफल भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पुराना उम्मेदवारको रूपमा मैदानमा उत्रिएका छन् । पौडेल विकासे नेताको रूपमा परिचित छन् । धेरै नेताहरू सपना मात्र देख्छन्, तर पौडेल सपनालाई विपनामा बदल्न सक्ने नेता हुन् । 


Advertisment
Nabil box
Kumari

उनको यो चौथो उम्मेदवारी हो । यस अर्थमा परीक्षण भइसकेको, प्रायः सबैले जाने बुझेको, कसैलाई चिनाउन नपर्ने उम्मेदवार हुन् उनी । तथापि उनको एउटा परिचय ‘साझा व्यक्तित्व’ को रूपमा स्थापित छ ।

Vianet communication
Laxmi Bank

व्यक्तित्व मात्र साझा छैन, कामका दृष्टिले नेपालका सबै नेताहरूको मूल्यांकन गर्दा पनि पहिलो नम्बरमा पर्ने बढीमा पाँच जनाभित्र पौडेलको नाम आउँछ । खासगरी विकासका कामहरूको परिकल्पना गर्न, कार्यान्वयन गर्न, स्रोत व्यवस्थापन गर्न पौडेल अब्बल ठहरिँदै आएका छन् । यो पौडेलको अर्को विशेषता हो ।

पौडलको पार्टीभित्र कुशल संगठकको पहिचान छ । विवाद मिलाउनका लागि चाहिने समन्वयकारी भूमिका थप विशेषता हो । नेपाली राजनीतिमा विपक्षीहरूसँग वार्ता गर्नका लागि चाहिने सीप, चातुर्यता र समन्वयमा दखल राख्ने पौडेलमा कुनै जिम्मेवारी प्राप्त गरेपछि रातदिन लागेर टुंगोमा पुर्‍याउने तथा कुनै दस्तावेज लेखन र सम्पादन गर्ने विशिष्ठ क्षमता पनि छ ।

संविधानसभाबाट संविधान लेखनमा तीनवटा समिति सबैभन्दा मुख्य थिए । तीमध्ये अभिलेख अध्ययन तथा निर्क्यौल समितिको सभापतिको रूपमा विष्णु पौडेल, संवैधनिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापति डा. बाबुराम भट्टराई र मस्यौदा समितिको सभापति कृष्ण सिटौला थिए । पहिलो संविधानसभाले टुंगो लगाएका विषयलाई अभिलेख गर्ने र निक्र्यौल गर्नुपर्ने विषय निर्क्यौल गरेर टुंगोमा पुर्‍याउने काममा पौडेलको भूमिका महत्त्वपूर्ण थियो ।

नेकपा एमाले र माओवादी केन्द्र दुई कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने काममा पौडेलको भूमिका निर्णायक थियो भन्ने कुरा त धेरैलाई थाहा भएकै विषय हो । तथापि त्यसले दिगो रूप लिन सकेन ।

यसबाहेक सरकारमा रहेर गरेका काम पनि राष्ट्रिय महत्त्वका नै छन् । पछिल्लो दुईपटक अर्थमन्त्री हुँदा प्रभावकारी, सन्तुलित र लोकप्रिय बजेट ल्याएर पौडेल एकाएक चर्चामा आए । 

नेपालको इतिहासमा प्रायः कहिल्यै नभुलिने भरतमोहन अधिकारीले ल्याएको बजेटपश्चात पौडेलले ल्याएका बजेट नै जनताको मन छुने स्वर्णिम महत्त्वका थिए ।

पौडेल जलस्रोत मन्त्री हुँदा मुलुकमा १८ घण्टे लोडसेडिङ थियो । विद्युत् आपूर्ति गर्ने कुनै उपाय थिएन ।

जलविद्युत् विकास नीति २०५८ दराजमा थन्किएको थियो, जसले विद्यमान जलस्रोतको उपयोग गरी कम लागतमा विद्युत् उत्पादन गर्ने, उचित मूल्यमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवालाई अधिराज्यभर विस्तार गर्ने, विद्युतीकरणलाई आर्थिक क्रियाकलापसँग आबद्ध गर्ने, ग्रामीण विद्युतीकरण विस्तार गर्दै ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने र जलविद्युतलाई निर्यातयोग्य वस्तुको रूपमा विकास गर्ने उद्देसय राखेको थियो ।

पौडेल जलस्रोतमन्त्री भएपछि सो नीतिको पूर्ण कार्यान्वयनतर्फ लागियो र पौडेलकै सक्रियतामा भारतबाट ३०० मेगावाट विद्युत् खरिद गर्ने सम्झौता भयो ।

अहिले भारतलाई विद्युत् बिक्री गर्ने अवस्थामा नेपाल पुगेको छ । त्यो दुरगामी उद्देसय त्यतिबेलै राखिएको थियो । त्यसैले जलस्रोतका जानकारहरू भन्छन्–लोडसेडिङ हटाउने जग पौडेलले बसालेका थिए । त्यही जगमा नेपालले विद्युत्को क्षेत्रमा विकास गर्दै आएको छ ।

नेपालमा ठूला आयोजना ल्याउने श्रेय पनि पौडेललाई नै जान्छ । पौडेलमा साना हैन मेगा परियोजना सोच्ने दृष्टिकोण देखिन्छ । यस कुरालाई पुष्ट्याइँ गर्न एउटा हैन दर्जनौं उदाहरण छन् ।

रक्षामन्त्री हुँदा बंकरदेखि ब्यारेकसम्मको नीति लागू गरी नेपाली सेनाका तल्लो तहका सबै जवानहरूलाई बंकरबाट ब्यारेकमा लैजाने कामको नेतृत्व पौडेलले नै गरे । त्यतिञ्जेल सेनाका अधिकृतभन्दा तल्लो तहका सबैजना बडो दुःखका साथ बंकरमा बस्ने गर्दथे । यो नेपाली सेनाकै इतिहासमा पहिलो र उल्लेख्य उपलब्धि थियो ।

पछिल्लो चरणमा सिंहदरबारभित्र सर्वोच्च अदालतको अत्याधुनिक भवन बनाउन बजेट विनियोजन गर्दा सेटिङमा काम गरेको आरोप लागेको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा पौडेलतर्फ संकेत गर्दै तपाईंले सहयोग गर्नुभयो भन्ने वाक्यांशलाई गलत अर्थ लगाएर सेटिङसँग जोडियो । जबकि यसको वास्तविकता सर्वोच्च अदालत बनाउन बजेट दिइएको विषय थियो । जुन अहिले बनिरहेको छ ।

रुपन्देहीको तिलोत्तमामा बुटवल शिक्षण अस्पताल बनाउँदा २ सय बिगाहा जग्गाको अवधारणा, लुम्बिनी विश्वविद्यालयलाई देवदहमा १ सय बिगाहा जग्गाको प्रबन्ध गर्ने, रुपन्देहीको कर्साघाटमा कृषि उपजको संकलन, प्रशोधन तथा ब्रान्डिङ गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्न आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार बनाउने पहल पौडेलले नै गर्नुभएको हो ।

कतिपयलाई लाग्नसक्छ– त्यति जग्गामा त अरू धेरै आयोजनाहरू बन्न सक्थे । तर हैन अब सानो चित्त बनाएर भविष्य चल्दैन । हामीले बनाउने पूर्वाधार सयौं वर्षका लागि हो भनेरै योजना बनाउनुपर्छ ।

सिद्धबाबा सुरुङ मार्गको टेन्डर प्रक्रिया भएर अध्ययन हुन थालिसक्यो तर, अहिले पनि कतिपयलाई विश्वास लागेको छैन । नेपालमा सिग्नेचर पुलको अवधारणा ल्याउने पौडेललाई गाली गर्नेहरू नभएका हैनन्, तर पौडेल ठूला आयोजनाका पक्षपाति र कार्यान्वयनकर्ता दुवै हुन् । चर्चित अर्थशास्त्री स्वर्णीम वाग्लेको विचारमा पनि नेपालले २० वर्षभित्र ऋण लिएर ठूला आयोजनाहरू बनाउन सकिएन भने हामी पछि पर्दछौं ।

नेपालमा आधादर्जन सुरुङ मार्ग बन्दैछन् जसका लागि बजेट विनियोजन पौडेलले नै गरेका हुन् । सुरुङ मार्ग सुरक्षाका लागि मात्र हैन, सडक छोटो बनाउने र डिजल पेट्रोलमा हुने ठूलो धन राशी बताउने उपाय पनि हो ।

सिद्धबाबाको डाँडोलाई मठारेर आधुनिक होटल, बजार र शिक्षालय बनाउने कुराको व्यापक विरोध भएपछि सार्वजनिक सुनवाइका क्रममा पूर्वअर्थ सचिव रामेश्वर खनालले पौडेललाई सुझाव दिँदै भनेका थिए– तपाईं ठूला आयोजना भित्र्याउने व्यक्ति भएका कारण यसलाई परीक्षण गरेर मात्र लागू गरेको भए हुने थियो । अर्थात् खनालका नजरमा पनि पौडेल ठूला आयोजना ल्याउने मुख्य व्यक्ति हुन् ।

यी त भए केही आयोजनाका कुरा । खासमा उनी अर्थमन्त्री भएपछि नेपालमा ‘गेम चेन्जर’ आयोजनाको बाढी नै आयो । साथसाथै समाजवादमा आधारित बजेटले पनि आकार लियो । अहिले धेरैले भुलेका छन्, तर त्यतिवेला पक्ष विपक्ष, निजी तथा सामुदायिक क्षेत्र सबैले पौडेलको बजेटलाई समाजवादको आरम्भ भनेर भनेका थिए ।

जीवनचक्रमा आधारित सुरक्षा र संरक्षणको अवधारणा पहिलोपटक आयो । यसले रोजगारीको प्रत्याभूति, वृद्धावस्थामा निःशुल्क उपचार र मर्यादित जीवन सुनिश्चित गर्ने ग्यारेन्टी गरेको छ । अब यो विषय कसैले छुटाउनै नहुने विषयका रूपमा स्थापित छ ।

दुवैपटक अर्थमन्त्री हुँदा मुलुक चुनौतीपूर्ण अवस्थामा थियो । पहिलोपटक भूकम्पपछिको पुनःनिर्माणको अवस्था, भारतको नाकाबन्दी र मधेश आन्दोलनको विषम अवस्था थियो । दोस्रोपटक कोरोनाका कारण देशको अर्थतन्त्र गम्भीर समस्यामा थियो । कोरोनासँग जुध्दै पूँजीगत खर्च बढाउने चुनौती थियो । अर्थतन्त्रको आकार पातालमा भासिन थालेको बेला एकपछि अर्को ‘बोल्ड डिसिजन’ गरेर सबैलाई चकित पार्नसक्नु सामान्य विषय थिएन ।

धेरैले त्यतिबेला भनेका थिए, ‘टेक्नोक्रेट’ले बिगारेको अर्थतन्त्र सुधार्ने जिम्मा राजनीतिका चतुर खेलाडी विष्णु पौडेललाई दिइयो ।’ हुन पनि अन्तरसंवादबाट सबैलाई मोहित र चकित पार्ने पौडेलको विशेषता भनेकै समस्या लिएर गएकाहरूलाई हाँस्दै फर्काउन सक्ने क्षमता हो । बजेटले सबैलाई खुशी पार्‍यो ।  खासगरी दुवैपटक निजी क्षेत्रले सर्वाधिक विश्वास गर्‍यो ।

तराई मधेश समृद्धि कार्यक्रम । हुलाकी सडक । तराईका सदरमुकामको विकासका लागि एकमुष्ठ बजेट पहिलोपटक पौडेलले नै विनियोजन गरे । जसका कारण एमालेविरोधी बनेको तराई मधेशले अनुभूति गर्‍यो, मधेशको विकास गर्ने हो भने एमाले नै चाहिने रहेछ ।

अर्थमन्त्रीका रूपमा पौडेलले युवा उद्यमीलाई स्टार्टअप व्यवसाय सञ्चालन गर्ने व्यवस्था, ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ कार्यक्रममार्फत् देशलाई आत्मनिर्भर बनाउने प्रयास, सात क्षेत्रमा औद्योगिक पूर्वाधार निर्माणको योजना, वर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता, उत्तर–दक्षिण सीमा क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्ने कामको शुरूआतले नेपाल नयाँ युुगमा प्रवेश गरेको अनुभूति भएकै हो ।

स्वास्थ्यका लागि निःशुल्क खोपको व्यवस्था, एकल महिला, विधवा, विधुर र संरक्षण नपाएका ज्येष्ठ नागरिकलाई निःशुल्क औषधोपचारको व्यवस्था गरेर लोककल्याणकारी राज्यको सन्देश दिन खोजिएको थियो ।

पौडेलको कार्यकालमा पहिलो सय दिनमै निराश जनतामा आशा जागेको थियो । अलपत्र कोरोना बिमाको रकम एक हप्ताभित्र भुक्तान गर्नुपर्ने व्यवस्था गरेर २५ सयले पनि भुक्तानी नपाएको बिमित रकम २५ हजारले पाउने अवस्था बन्यो ।

१ हजार ५ सय ६३ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सय दिनमा २ हजार ३ सय ६० बिन्दुमा पुग्यो । स्वदेशमै रासायनिक मल कारखाना स्थापनाको गृहकार्य शुरू भयो । सबै स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउन मंसिर १५ गते एकैपटक देशैभर अस्पताल भवन शिलान्यास गरियो ।

निर्णय भएर लामो समयसम्म कार्यान्वयनमा नआएको गरीब परिचयपत्र असार मसान्तभित्रै वितरण गरिसक्ने तदारुकताका साथ काम शुरू भयो । ज्ञानमाथि अर्थात् पुस्तकमाथि लगाएको कर हटाइयो । औद्योगिक ग्राम स्थापना गर्ने भनी बजेटमार्फत ल्याएको कार्यक्रमलाई अगाडि बढाइयो । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनःस्थापित गर्नेगरी काम शुरू भयो ।

कार्यकालको पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ७.४ प्रतिशतले वृद्धि भयो । ०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । १२.५ प्रतिशतले व्यापार घाटा कम भयो । आयातमा कमी आयो । अघिल्लो वर्ष ८.१ प्रतिशत रहेको निर्यात पौडलको कार्यकालको सोही अवधिमा १०.८ प्रतिशतले बढ्यो । आयात १०.६ प्रतिशतले घट्यो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्र पनि खल्बलिएका बेला नेपालमा रेमिट्यान्स आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भयो ।

अर्थशास्त्रीको नजरमा पौडेल 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माको शब्दमा ‘बिमाको विषय, निजी क्षेत्रसँगको सम्बन्धको विषय, सरकारी खर्चको मितव्ययिताको विषयमा हस्तक्षेप गरेर सकारात्मक काम गरे’ ।

अर्थशास्त्री केशव आचार्यको विचारमा ‘मन्त्री टेक्नोक्र्याट भन्दा राजनीतिक नै हुनुपर्ने रहेछ ।’

पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाको शब्दमा दोस्रो जनआन्दोलनपछि बनेका अर्थमन्त्रीहरूमध्ये पौडेलले २०७३ सालमा ल्याएको बजेट उत्कृष्ट रहेको थियो ।

यसरी हेर्दा विष्णु पौडेलको व्यक्तित्व बहुआयामिक छ । राजनीतिमा सफल हुने भनेको यस्तै व्यक्ति हो । जिल्ला क्षेत्र र मुलुकका लागि जसले अरूका कुरा सुनेर आत्मसात गर्न सक्छ, त्यही व्यक्ति सफल हुन्छ, जुन विशेषता र गुण पौडेलमा देखिन्छ ।

उपयुक्त तथ्यले सबै पुराना खराब हुँदैनन् र छैनन् भन्ने नै पुष्टि हुन्छ । त्यसैले दुरदृष्टि सोँच भएका, कर्मशील र मुलुककै लागि चाहिने पात्र सुपात्रहरूको अहिले पनि खाँचो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x