![एक साइकलमा १० जनाले गरे यात्रा ! [भिडियो]](https://lktcdn2.prixacdn.net/media/bycycle_man_viral_video_1668617877_NFAUaTiUwF.jpg)
एक साइकलमा तपाईं कति जना राखेर यात्रा गर्न सक्नुहुन्छ ? आफूसहित २ जना वा ३ जना ?
तर यहाँ एक साइकलमा १० जना बसेर यात्रा गरिरहेका छन् ।
सामाजिक सञ्जालमा एउटा तस्वीर र भिडियो निकै भाइरल भइरहेको छ ।
तस्वीरमा देख्न सकिन्छ कि, एउटै साइकलमा १० जनाले यात्रा गर्दैछन् ।
सामाजिक सञ्जालमा यसलाई विश्वको जनसंख्यासँग जोडेर समेत हेरिएको छ ।
हालै विश्वको जनसंख्या ८ अर्ब नाघेको छ ।
यो भिडियो ट्वीटरमा राखिएको छ । तर कहाँको भन्ने चाहिँ उल्लेख गरिएको छैन ।
आज दुनिया की आबादी 8 अरब हो गई, इस उपलब्धि को हासिल करने में ऐसे इंसानों को बहुत बड़ा योगदान रहा है👇 pic.twitter.com/Fiq62o0OiK
— Jaiky Yadav (@JaikyYadav16) November 15, 2022