सिंहको आक्रमणमा पर्नबाट बच्नका लागि भैंसीले गरेको संघर्षको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सिंहले शिकारका लागि भैंसीलाई लखेटिरहेको भिडियोमा देख्न सकिन्छ ।
सिंहसँग बच्दै बच्दै भैंसी भाग्छ ।
पछि आफ्नो ज्यान जोगाउने प्रयासमा भैंसी नदीमा हामफाल्छ ।
नदीबाहिरबाट सिंहले भैंसीलाई हेरिरहन्छ । भैंसीले भने सिंहको आक्रमणबाट जोगिन सफल हुन्छ ।
यो भिडियो इन्स्टाग्राममा शेयर गरिएको छ ।