०९ साउन २०८३, शनिबार

‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ । 

गीतमा  शब्द नारायण नेपालको रहेको छ भने शशीविक्रम थापाको सङ्गीत रहेको छ । यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्काको अभिनय  रहेको छ । बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । 

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत् सार्वजनिक भएको हो । 

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्याँै’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्