×

NMB BANK
NIC ASIA

उमेदवारका प्रतिवद्धता

पूर्वाधार विकास र सामाजिक रूपान्तरणमा रूपन्देहीलाई देशकै नमुना जिल्ला बनाउँछु : विष्णु पौडेल [अन्तर्वार्ता]

मंसिर १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।

Sagarmatha Cement
Muktinath Bank

रूपन्देहीको विकासमा उल्लेख्य काम गरेका पौडेल राष्ट्रिय राजनीतिमा पनि समन्वयकारी र सर्वमान्य नेताको रूपमा चिनिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीबाट लगातार चुनाव जित्दै आएका पौडेल मंसिर- ४ मा हुने निर्वाचनमा नेकपा एमालेले सहज बहुमत प्राप्त गर्ने दाबी गर्छन् ।


Advertisment
SBL

आफ्नो निर्वाचन क्षेत्रमा पनि फराकिलो मतान्तरले विजयी हुने उनको दाबी छ ।

Vianet communication
Laxmi Bank

उनै पौडेलसँग लोकान्तरका लागि विमल गौतम, सुशील पन्त र प्रकाश आचार्यले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

देशभरको चुनावी माहोल कस्तो पाइरहनुभएको छ ?

यसपटकको निर्वाचनमा नेकपा एमालेको पक्षमा असाधारण लहरको स्थिति छ । एमालेको पक्षमा जनसागर उर्लिएको छ । एमाले एक्लैले सुविधाजनक बहुमत पाउने कुरा निश्चित छ । 

यसपटकको चुनावका अनुकूलता र प्रतिकूलता के–के छन् ?

जनताको साथ र समर्थन हामीलाई छ । यो हाम्रो अनुकूलता हो । जनताको समर्थनमा चुनाव लड्ने पार्टी हौ हामी । प्रतिकूलता भनेको चाहिँ गठबन्धनले शक्ति र स्रोतको दुरूपयोग गर्ने सम्भावना छ । त्यसलाई रोक्नुपर्ने चुनौती छ ।

अहिलेका सचेत जनताले चुनावमा राज्य शक्तिको दुरूपयोग हुन दिन्छन् ? शक्तिको दुरूपयोग गरेर चुनाव जित्ने अवस्था अहिले पनि छ ? 

जनताले त नहोस् भन्ने चाहन्छन् । तर, दुरूपयोग गर्नेहरूले त जनताको अपेक्षा दुरूपयोग गर्न सक्छन नि त ।

वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्रहरूले देशव्यापी नै चुनौती खडा गर्न खोजेको चर्चा सुनिन्छ । तपाईंले कस्तो अवस्था देख्नुभएको छ ? 

पहिलो कुरा, राजनीतिमा इतिहासमा गरेको योगदानको धेरै ठूलो अर्थ हुन्छ । हाम्रो जस्तो पार्टी देशमा राम्रो इतिहास भएको र धेरै ठूलो परिवर्तनको नेतृत्व गरेको पार्टी हो । अब यस्तो अवस्थामा जन्मेका जोसँग संगठन छैन, विचार छैन, दृष्टिकोण छैन, कहाँबाट यात्रा शुरू गरेर कहाँ पुग्ने ठेगान छैन । त्यस्ता प्रवृत्तिहरू उठ्न सक्दैनन् । 

दोस्रो कुरा, यो बहुदलीय व्यवस्था र यसमा उनीहरूले पनि चुनाव लड्न पाउने संवैधानिक व्यवस्था गरेका छौं । व्यक्तिले चुनाव लडे पनि, जिते पनि व्यक्तिको निम्ति राष्ट्रको नीति बदलिन सक्दैन । व्यक्तिले राज्यसत्ताको नेतृत्व गर्न सक्दैन । अन्ततः मुलुकको नेतृत्व गर्ने दलहरूले नै हो । दलमध्ये पनि इतिहास र योगदान भएका दलहरूले नै हो । सबैभन्दा अग्रणी भूमिका निर्वाह गरेको, आजका चुनौती र भोलिका सम्भावनालाई बुझेर त्यसअनुसार चल्ने शक्तिलाई नेतृत्व गर्ने भनेको अहिलेको सन्दर्भमा नेकपा एमाले नै हो । 

मतदाताहरू फरक ढंगमा प्रस्तुत भएर चुनावी नतिजा प्रभावित पार्नसक्ने अवस्था देखिन्छ कि देखिँदैन ?

त्यस्तोचाहिँ म देख्दिनँ । स्थानीय निर्वाचनका बेलाका केही तरंगित गरेको भेटाएको छु । तर, समग्रमा म त्यस्तो देख्दिनँ । 

रूपन्देही–२ मा विगतको चुनावमा भन्दा यसपटकको चुनावमा के भिन्नता पाउनुभएको छ ?

विगतको चुनाव फरक परिस्थितिबाट लडेका थियो । अहिले परिस्थिति फरक छ । हरेक निर्वाचन फरक–फरक छन् । २०६४ को निर्वाचन फरक, २०७० को अलग ढंगको चुनाव थियो । २०७४ को फरक भयो ।

अहिलेको चुनाव पनि फरक खालकै छ । अहिलेको निर्वाचनमा म के देख्छु भने खासगरी जनताले हामीलाई सुझाव, सल्लाह, आर्शीवाद दिइरहनुभएको छ । हामीप्रतिको विश्वास विगतका निर्वाचनहरूको तुलनामा व्यापक र फराकिलो रहेको पाएको छ । 

तपाईंका चुनावी एजेन्डाहरू के–के छन् ?

मैले रूपन्देही जिल्लालाई विकासको एउटा अग्रणी, विकासको नमुना सोचकोसाथ हामीले धेरै महत्वपूर्ण काम शुरू गरेका छौं । त्यसरी, शुरू भएका आयोजनाहरूमध्ये सम्पन्न आयोजनाहरूको प्रभावकारी व्यवस्थापन र सञ्चालन गर्ने, निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न गर्ने, केही महत्वपूर्ण आयोजनाहरू शुरूआत गरी अगाडि बढाउने ।

खासगरी शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारी सृजनाका विषयमा केन्द्रित भएर राज्यको लगानीलाई यस्ता विषयमा केन्द्रित गरेर अगाडि बढाउने र भौतिक विकास र मानवीय विकासलाई एकसाथ जोडेर अगाडि बढाउने मिसनमा हामी केन्द्रित छौ । यिनै एजेन्डाहरू बोकेर हामी जनताको माझमा जाँदै छौं । 

मतदाताहरूको प्रश्न कस्ता हुने गरेका छन् ? तपाईंले कस्तो जवाफ दिने गर्नुभएको छ ?

मतदाताको एउटै सुझाव छ । तिमीले धेरै राम्रो काम गरेका छौं । अझ राम्रो काम गर । शुरू भएका आयोजनाहरूको काम विलम्ब भइरहेको छ । यिनीहरू छिटो सम्पन्न गर । राम्रो काम गर यहीँ छ मतदाताको सुझाव ।

विगतमा जिताउँदै आएका मतदाताले यहाँलाई फेरि विश्वास गरे भने, यहाँ के परिवर्तन हुन्छ ? 

पाँच वर्षमा अहिले विगत अघिल्लो कार्यकालसम्म आइपुग्दा जिल्लालाई विकासका दृष्टिले सर्वाधिक लगानी भएको र प्रयास भएको जिल्लाकोरूपमा स्थापित गर्न सकेका छौं । आगामी पाँच वर्षमा हामी सबै हिसाबले अरूले पच्छ्याउन नसक्ने गरी यो जिल्लालाई अगाडि बढाउँछौ । भौतिक विकास र मानवीय विकासको दृष्टिमा अरूले उछिन्न नसक्ने जिल्लाकारूपमा यसलाई स्थापित गछौं । मैले यहाँ भन्ने गरेको छु, विकासको नमुना, विकासको पाठशाला जिल्लाकोरूपमा यसलाई विकास गर्छौं । 

एमालेका मुख्य नेताहरू केपी ओली, विष्णु पौडेल सत्तामा रहँदा,  पहुँच हुँदा रकमान्तर गरेर भए पनि स्रोत आफ्नो जिल्लामा खन्याए भन्ने आरोप लगाउने गरेका छन् नि, के भन्नुहुन्छ ?

म सरकारमा रहेका बेलामा कम र सरकारमा नभएका बेला अथवा सांसद मात्र भएको बेला बढी बजेट जिल्लामा ल्याउने गरेको छु । त्यसका निम्ति प्रयास गरेको छु । त्यो आरोपमा सत्यता छैन । हामी सरकारमा रहेर काम गर्दा सिंगो राष्ट्रलाई कार्यक्षेत्र मानेर त्यस हिसाबले विकास निर्माणका कामलाई बजेट विनियोजन गरेका छौं । निर्वाचन क्षेत्रप्रति विशेष दायित्व हुन्छ भन्ने कुरो बुझेकै हुन्छ । विशेष दायित्व पूरा गरिन्छ । कुरा त्यति मात्र हो ।

फेरि, राष्ट्रिय राजनीतिकै कुरा गरौं, चुनावमा एमालेले कति सिट ल्याउँछ ?

राउन्ड फिगरमा भन्दा हण्ड्रेड फिफ्टी । 

यसका आधारहरू के–के हुन् ?

समानुपातिकमा त्यसै नै हामी अगाडि भइहाल्छौं । करिब करिब ५० को आसपास जित्ने अवस्थामा छौं । अब रहयो प्रत्यक्षतर्फ । प्रत्यक्षतर्फ पनि हामीले चाहिँ २/४ सिट तलमाथि पर्न सक्छ । करिब–करिब १०० को आसपासको स्थितिमा छौं । कल्पना नगरिएका ठाउँहरूमा हामी यसपटक चुनाव जित्दैछौं । 

सत्तापक्षले पनि सुविधाजनक बहुमत ल्याउने दावी गरेको छ । तपाईंले पनि बहुमतकै दावी गर्नुभयो । यो कतै मंसिर ४ पछि ‘हङ पार्लियामेन्ट’ बनेर सरकार नै बन्ने नसक्ने अवस्थाको संकेत त होइन ?

मंसिर ४ गतेसम्म दावी सबैले गर्न पाउँछन् । निर्वाचनको पूर्वसन्ध्यामा सबैलाई दावीको सुविधा पनि हुन्छ । तर, अरूका दावी खण्डित हुन्छन् र हाम्रा दावी पुष्टि हुन्छन् भन्ने हाम्रो ठम्याई छ । जहाँसम्म ‘हङ पार्लियामेन्ट’को कुरा गर्नुभयो, हामीले बनाएको संवैधानिक व्यवस्था र निर्वाचन प्रणालीमा नेकपा एमालेबाहेक अरू दललाई पूर्ण बहुमत ल्याउन त्यति सजिलो छैन । 

तर, स्थानीय तह निर्वाचनको नतिजाले त त्यस्तो देखाउँदैन नि ?

स्थानीय तहको निर्वाचनमा पनि हामी जनमतको हिसाबले एक नम्बर पार्टी हौं । सिट संख्यामा हामी केहीपछि परेको हो । त्यतिबेला हामीलाई सडकमा पछार्ने, धुलो चटाउने भने ठूला षडयन्त्रहरू भएका थिए ।

अनेक प्रकारका प्रयासहरू भएका थिए । ती प्रयासलाई परास्त गर्दै, धुलो टकटक्याउँदै उठ्दै गरेको अवस्थामा हामी चुनावमा गएका थियौं । त्यसले गर्दा हामी स्थानीय निर्वाचनमा अपेक्षाअनुसारको नतिजा ल्याउन सकेनौं । तर, त्यसदेखि यता परिस्थितिमा उल्लेख्य सुधार भएको छ । स्थानीय तहको निर्वाचनको सम्झनाबाट मंसिर ४ गतेको निर्वाचनको परिणाम पूर्वानुमान गर्न सम्भव हुँदैन ।

तपाईं राष्ट्रिय राजनीतिमा प्रभावशाली व्यक्ति भएकाले पनि तपाईंको निर्वाचन क्षेत्रलाई चासोका साथ हेरेका छन् । दुई जना उम्मेदवारको उम्मेदवारी खारेजी भएपछि सत्तारूढ गठबन्धनले अर्को दललाई समर्थन गरेको छ । गठबन्धनको चुनौतीलाई कसरी सामना गर्दै हुनुहुन्छ ?

मैले निर्वाचनको परिणामको दृष्टिकोणले, नतिजाका दृष्टिले मलाई चुनौतीको महसुस नै भएको छैन । यहाँचाहिँ कसको उम्मेदवारी कायम रह्यो, कसको खारेज भयो, गठबन्धनले कसलाई समर्थन गर्‍यो, कसलाई अघि सार्‍यो भन्नेतर्फ मेरो ध्यान गएको छैन । त्यसमा मेरो रूचि, चासो, सरोकार केही छैन । 

चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

चुनाव जित्नेभन्दा पनि यसपटकको चुनाव धेरै नै फराकिलो मतान्तरको साथ जित्ने र राष्ट्रियरूपमा चर्चाको केन्द्र बन्ने सम्भावना देख्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x