
नेपाल बैंकले केएल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई सम्मान गरेको छ ।
आफ्नो ८६ औं वार्षिकोत्सबको अबसरमा बैंकले दुगडलाई सम्मान गरेको हो।
दुगडले बैंकको स्थापनाकालदेखि नै ब्यबसायिक साझेदारको रुपमा भूमिका खेलेको भन्दै बैंकले सम्मान गरेको हो ।
दुगडलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।