×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

रुस-युक्रेन युद्ध

खतरनाक मोड लिनबाट जोगियो युक्रेन युद्ध, रुस-नेटो भिडाउने जेलेन्स्कीको प्रयास विफल !

काठमाडाैं | मंसिर २, २०७९

NTC
Argakhanchi Cement
static.espreso.tv
Premier Steels
TVS INSIDE

विगत नौ महिनादेखि चलिरहेको युक्रेन युद्ध यो साता निकै खतरनाक मोडमा आइपुगेको भए पनि त्यसले विकराल रूप लिन पाएन । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

रुसले युक्रेनका ऊर्जा संरचनाहरूमा लगभग एक महिनादेखि लगातार क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त बनाइरहेको छ । त्यसैक्रममा रुसले मंगलवार (१५ नोभेम्बर) प्रहार गरेको एउटा क्षेप्यास्त्रलाई ध्वस्त पार्नका लागि युक्रेनले वायु प्रतिरक्षा प्रणाली एस–३०० अन्तर्गतको क्षेप्यास्त्र प्रहार गरेको बताइएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

युक्रेनको उक्त क्षेप्यास्त्र छिमेकी मुलुक पोल्यान्डको भूमिमा खसेको थियो । युक्रेनी सीमाबाट लगभग चार माइल पर रहेको प्रजेवोदो गाउँमा क्षेप्यास्त्र खसेर विस्फोट भएको थियो । त्यस विस्फोटमा परी दुईजना पोलिश नागरिकको मृत्यु भयो । 

पोल्यान्डको भूमिमा खसेको क्षेप्यास्त्र रुसी नै भएको भन्दै शुरूमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले अड्डी कसे । पश्चिम सैन्य गठबन्धन नेटोको सदस्य मुलुक पोल्यान्डमाथि रुसबाट प्रहार भएकाले नेटो सन्धिको धारा ५ आकर्षित हुन सक्ने आशा उनले गरेका थिए । 


Advertisment
cg elex island
Saurya island

उक्त सन्धिको धारा ५ ले नेटोका ३० मध्ये कुनै एक मुलुकमा गैरनेटो शक्तिले आक्रमण गरेमा त्यसलाई सम्पूर्ण सदस्यमाथिको आक्रमण मानिने व्यवस्था गरेको छ । त्यस आक्रमणको प्रतिकार सबै सदस्यले गर्नुपर्ने हुन्छ । 

गलत भाष्य खडा गरेर नेटो र रुसबीच भिडन्त गराउने जेलेन्स्कीको दाउ थियो । फेब्रुअरी महिनादेखि शुरू भएको युद्धका विभिन्न मोडमा जेलेन्स्कीले यसलाई विश्वयुद्धमा परिणत गराउनका लागि अनेकौं प्रयास गरिरहेका छन् । त्यही क्रममा उनले युक्रेनी आकाशलाई ‘नो फ्लाई जोन’ घोषणा गराउन पनि भरमग्दूर प्रयास गरेका थिए । 

Vianet communication
IME BANK INNEWS
तर अमेरिका नेतृत्वको नेटोले आफूलाई आणविक हतियार भएको रुससँग सिधै भिडाएर तेस्रो विश्वयुद्धको आरम्भ गराउने जेलेन्स्कीको प्रयासलाई विफल बनाइरहेको छ । पछिल्लो प्रकरणमा पनि अमेरिकाले पोल्यान्डको भूमिमा खसेको क्षेप्यास्त्र रुसी नभएको शुरूमै संकेत गरेर युद्धको दायरा विस्तार गर्न दिएन ।

तर अमेरिका नेतृत्वको नेटोले आफूलाई आणविक हतियार भएको रुससँग सिधै भिडाएर तेस्रो विश्वयुद्धको आरम्भ गराउने जेलेन्स्कीको प्रयासलाई विफल बनाइरहेको छ । पछिल्लो प्रकरणमा पनि अमेरिकाले पोल्यान्डको भूमिमा खसेको क्षेप्यास्त्र रुसी नभएको शुरूमै संकेत गरेर युद्धको दायरा विस्तार गर्न दिएन ।

हुन पनि युक्रेनले उपयोग गरेको सोभियतकालीन एस–३०० को अधिकतम दायरा २७५ किलोमिटर हो । अहिले युक्रेनको भूमिमा रहेका रुसी फौजहरू पोल्यान्डको सीमाबाट सबभन्दा नजिक पर्ने ठाउँ पूर्वी युक्रेनको खर्सन क्षेत्रमा छन् । प्रजेवोदो गाउँदेखि खर्सनसम्मको दूरी लगभग १ हजार किलोमिटर छ । भनेपछि एस–३०० को क्षेप्यास्त्र खर्सनबाट पोल्यान्डको भूमिमा पुग्ने कुनै सम्भावना नै छैन ।

सैन्य विश्लेषकहरूका अनुसार, युक्रेनी फौजहरूले प्रहार गरेको एस–३०० क्षेप्यास्त्र राजधानी किएभभन्दा पश्चिमतर्फको कुनै ठाउँबाट छोडिएको थियो । अमेरिकी भूउपग्रहहरूले यसको वास्तविक ठेगाना पत्ता लगाइसकेका थिए । त्यसैले युक्रेन सरकारको दाबीलाई अमेरिकाले पत्याएन ।

इन्डोनेसियाको बालीमा जी२० शिखर सम्मेलनमा सहभागी हुन पुगेका अमेरिकाका राष्ट्रपति जो बाइडनले पोल्यान्डमा खसेको क्षेप्यास्त्र रुसी भएको जस्तो नदेखिने बयान दिए । 

त्यसको भोलिपल्ट नेटोका राजदूतहरूको बैठक मुख्य कार्यालय ब्रसेल्समा बसेको थियो । त्यसले पोल्यान्डमा खसेको क्षेप्यास्त्र युक्रेनी नै भएको ठहर गरेको छ । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले यो विस्फोट जानाजान गरिएको आक्रमणका कारण नभएको बैठकपछि पत्रकारहरूलाई बताए । 

पोल्यान्डका राष्ट्रपति आन्द्रेज दुदाले पनि आफ्नो देशको भूमिमा रुसले आक्रमणको उद्देश्य राखेरै प्रहार गरिएको जस्तो नलागेको बताए । प्रधानमन्त्री मातेउज मोराविकीले नेटो सन्धिको धारा ४ को सन्दर्भ लिने आवश्यकता नरहेको स्पष्ट पारे । धारा ४ ले कुनै नेटो सदस्यको राजनीतिक स्वतन्त्रता वा सुरक्षा जोखिममा परेको छ भने त्यसका विषयमा छलफल गर्न नेटो सदस्यहरूको बैठक बोलाउने व्यवस्था गर्छ ।

रुस स्वयंले पनि पोल्यान्डको भूमिमा आक्रमण नगरेको स्पष्ट पारेको थियो । अन्ततोगत्वा अमेरिकाले पोल्यान्डको भूमिमा खसेको क्षेप्यास्त्रका लागि रुस दोषी रहेको बतायो । तर क्षेप्यास्त्र आक्रमण गरेकोमा दोषी नभई युक्रेन युद्ध शुरू गरी यस्तो स्थिति ल्याइपुर्‍याएकाले रुस जिम्मेवार हुने अमेरिकाको ठहर रह्यो । जेलेन्स्कीले चाहेजस्तो गरी नेटोको धारा ५ कार्यान्वयन गर्दै रुसविरुद्ध युद्ध थाल्ने कदम चाल्न चाहिँ अमेरिकाले ठाडै अस्वीकार गर्‍यो । 

अझ अमेरिकी सैन्य विश्लेषकहरू स्कट रिटर र ल्यारी जोनसन त युक्रेनले जानाजान पोल्यान्डको भूमिमा क्षेप्यास्त्र प्रहार गरेको बताउँछन् । रुसी क्षेप्यास्त्रलाई रोक्नका लागि आफूले वायु प्रतिरक्षा प्रणाली सक्रिय गरेको भनी युक्रेनले जिकिर गरेको भए पनि युक्रेनी क्षेप्यास्त्रको ट्राजेक्टोरी हेर्दा त्यो रुसी क्षेप्यास्त्रलाई रोक्न प्रहार भएकै जस्तो नदेखिने जोनसनको तर्क छ । 

अहिले रुसले युक्रेनमाथि युक्रेनको दक्षिण दिशामा पर्ने ठाउँबाट क्षेप्यास्त्र प्रहार गरिरहेको छ । तर युक्रेनले पश्चिमतर्फ रहेको पोल्यान्डमा प्रतिरक्षा प्रणालीअन्तर्गतको क्षेप्यास्त्र प्रहार गरेको पाइएको छ । 

उसले त रुसी क्षेप्यास्त्र नष्ट पार्न दक्षिणतर्फ पो प्रहार गर्नुपर्ने हो । त्यसैले पोल्यान्डमा दुईजनाको ज्यान लिने गरी भएको घटनामा युक्रेनकै एस–३०० अपरेटरको गल्ती देखिने जोनसन दाबी गर्छन् ।

यसलाई ढाकछोप गर्ने उद्देश्यका साथ जेलेन्स्कीले चर्को स्वरमा रुसलाई घटनाको दोषी ठहर गराउन खोजेको हुनुपर्छ । अमेरिकालाई झुक्याएर नेटो र रुसबीच भिडन्त गराउने उनको दाउ थियो । तर अमेरिकाले यसमा साथ नदिएपछि उनी अहिले कुरा फेर्दै पोल्यान्डमा खसेको क्षेप्यास्त्र कसको हो भन्ने विषयमा आफूलाई शतप्रतिशत यकिन नभएको बताउन थालेका छन् । 

माथि पनि उल्लेख गरिएअनुसार, जेलेन्स्की यस युद्धलाई जसरी भए पनि विश्वयुद्धमा परिणत गराउन चाहन्छन् । अहिले त झन् युक्रेनी सैनिकहरू ठूलो संख्यामा हताहत भएर युद्ध स्थिर अवस्थामा आइपुगेकाले जेलेन्स्की छटपटाइरहेका छन् । 

अझ त्यसमाथि रुसले युक्रेनका विभिन्न शहरमा रहेका ऊर्जा संरचनामा प्रहार गरेर लगभग एक करोड मानिसलाई विद्युतीय सेवासुविधाबाट वञ्चित गरेकाले पनि जेलेन्स्कीमाथि चरम दबाबको स्थिति छ । 

खार्किभ र खर्सनमा गरेको प्रत्याक्रमणका कारण रुसी सैनिकहरूलाई पछि हटाउन सफल भएको भनी युक्रेनी र पश्चिमाहरूले खुशियाली मनाएको भए पनि युक्रेनको त्यो ‘विजय’ निकै ठूलो मूल्य चुकाएर प्राप्त गरिएको हो । रुसी फौजहरूलाई वास्तविक क्षति पुर्‍याउन नसकेको तर आफ्ना हजारौं सैनिक हताहत भएको र सैन्य उपकरणहरू पनि नष्ट भएको यथार्थसँग जेलेन्स्की अवगत छन् । 

रुसीहरूले आफ्ना सैनिकको ज्यान जोखिममा पार्ने गरी कुनै पनि भूभाग ओगटेर बस्ने रणनीति लिएका छैनन् । त्यसैले उनीहरू खर्सन शहरमा नीपर नदीपारि गएका हुन् भने खार्किभमा पनि उनीहरू सुरक्षित स्थानमा सरेका हुन् । सुरक्षित स्थानमा बसेर उनीहरू अघि बढ्न खोज्ने युक्रेनी सैनिकहरूलाई सोत्तर पार्नका लागि तम्तयार छन् । 

युक्रेनीहरू शक्तिशाली हुन्थे भने रुसले आफ्ना २० हजारभन्दा बढी सैनिक तथा लाखौं सर्वसाधारणलाई खर्सनबाट सुरक्षित निकालेको टुलुटुलु हेरेर बस्ने थिएनन् । आफ्ना सैनिकहरू ठूलो संख्यामा हताहत भएकाले युक्रेनीहरूमा गम्भीर मानसिक आघात परेको छ । त्यसैले खर्सनमा रुसी सैनिकहरू पछि हट्दा पनि दुई दिनसम्म उनीहरूले यसलाई रुसीहरूको जालका रूपमा लिएर अघि बढ्न हिचकिचाएका थिए । 

रुसी सैनिकहरूले नीपर नदीपारि सुरक्षित रूपमा पुगिसकेपछि एन्टोनोव्स्की पुल भत्काइदिए । नीपर नदी तरेर रुसीहरूसँग भिडन्त गर्ने साहस युक्रेनी सैनिकहरूसँग छैन । 

विश्लेषकहरू रुसी सेनाको कुनै ठूलै कारवाहीको पूर्वसंकेतका रूपमा ऊर्जा संरचनाको विनाशलाई लिइरहेका छन् । युक्रेनविरुद्धको कारवाहीको कमान्ड पाएका जनरल सर्गे सुरोभिकिनले जाडो याममा युक्रेनी सेनामा भारी क्षति पुर्‍याउने खतरनाक कारवाहीको योजना बुनिरहेको जानकारहरू बताउँछन् । त्यो योजना युद्धभूमिमा कत्तिको सफल कार्यान्वयन हुनेछ, पछि देखिनेछ ।

त्यसमाथि जाडो याम शुरू भइसकेको छ । सोभियतकालमा ऊर्जा उत्पादन तथा वितरणका लागि बनाइएका संरचनाले युक्रेन आफूलाई मात्र नभई युरोपका विभिन्न देशलाई पनि विद्युत् आपूर्ति गर्न समर्थ बनाएको थियो । अहिले रुसले नियोजित रूपमा युक्रेनका ऊर्जा संरचना नष्ट गरिरहेकाले युक्रेन चरम दबाबमा छ । 

विश्लेषकहरू रुसी सेनाको कुनै ठूलै कारवाहीको पूर्वसंकेतका रूपमा ऊर्जा संरचनाको विनाशलाई लिइरहेका छन् । युक्रेनविरुद्धको कारवाहीको कमान्ड पाएका जनरल सर्गे सुरोभिकिनले जाडो याममा युक्रेनी सेनामा भारी क्षति पुर्‍याउने खतरनाक कारवाहीको योजना बुनिरहेको जानकारहरू बताउँछन् । त्यो योजना युद्धभूमिमा कत्तिको सफल कार्यान्वयन हुनेछ, पछि देखिनेछ ।

यस्तो प्रतिकूल स्थिति रहेकाले युक्रेन सरकारले यस युद्धमा नेटोको छद्म नभई प्रत्यक्ष सहभागिता गराउन खोजिरहेको हो । पोल्यान्डको भूमिमा भएको विस्फोटलाई जेलेन्स्कीले त्यसका लागि उपयोग गर्न खोजेको भए पनि अमेरिकाले त्यसमा चिसो पानी पोखिदिएको छ । अन्तिम युक्रेनी सैनिक बाँकी रहुन्जेल अमेरिकाले युक्रेनलाई रुससँग भिडाइरहन खोजेको छ तर युद्धमा नेटोलाई प्रत्यक्ष सहभागी गराउन चाहेको छैन ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १२, २०७९

१० पुसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भए पनि त्यसको कार्यान्वयन जटिल बन्दै गएको छ । बिहीवार पेरिसडाँडामा बसेको माओवाद...

माघ ११, २०७९

दुईतिहाइ नजिक बहुमतको सरकार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पार्टीका हाँक्ने २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ । भनिन्थ्यो – ‘एक बोइङ जहाजका दुई पाइलट&rsquo...

माघ ११, २०७९

प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा तेस्रो कार्यकालको कार्यभार सम्हालेको बुधवार ३० दिन पूरा भएको छ । प्रचण्डले सत्ता सम्हालेको ३० दिनमा देशमा सरकारको कामको प्रशंसाभन्दा अर्कै कु...

माघ १५, २०७९

राष्ट्रपतिमा कांग्रेसले हात बढाएपछि मुख्य दाबेदार एमाले आक्रामक बनेको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले माओवादीलाई फकाउन कुनै कसरत बाँकी राखेको छैन...

माघ ९, २०७९

दोस्रो विश्वयुद्धपछि संसारको आर्थिक प्रणालीमा प्रभुत्व जमाउँदै आएको अमेरिकी डलरले अहिले आएर चुनौतीको सामना गर्नुपरेको देखिन्छ । गैरपश्चिम ग्लोबल साउथमा नयाँ संगठनहरूको निर्माण हुँदै जाँदा डलरको हालीमुहाली चल्ने...

माघ ११, २०७९

विगत केही दिनयता युक्रेनमा एकपछि अर्को शीर्ष अधिकारीले पदबाट राजीनामा दिइरहेका छन् ।  मंगलवार (२४ जनवरी) मात्रै जेलेन्स्कीका एक सल्लाहकार, चारजना उपमन्त्री तथा पाँचवटा क्षेत्रका गभर्नरले राजीनामा दिएको ...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x