![कहिले १५ किलो माछा, कहिले ४५ अण्डा एकैपल्ट खान्छन् यी युवक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/fish_A88kYDtqzt.webp)
सामाजिक सञ्जाल यूट्युबमा भाइरल भइरहेको एक भिडियोमा खाना सम्बन्धी विषय समावेश छ । जसमा एक व्यक्तिले एकैपल्ट कहिले १५ किलो माछा, कहिले ४५ अण्डा खाने गरेको दाबी गरिएको छ ।
उनी यससँगै दर्जनौं रोटी र भारत पनि खाने गर्छन् । उनले मांसाहारी खाना रुचाउने गरेको भिडियोमा देखिन्छ ।
बंगलादेशबाट सञ्चालित यूट्युब च्यानलमा उनको भिडियो पोस्ट गरिएको छ । भिडियोलाई १ लाख ५० हजार बढीले सब्सक्राइब गरेका छन् भने ३ करोडभन्दा बढीले हेरेका छन् ।
हालै अपलोड गरिएको भिडियोमा उनी एक्लै १६ लिटर दूध पिइरहेको दाबी गरिएको छ ।