×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतवार देशभर मतदान जारी छ । कलाकारहरूले समेत आ–आफ्नो तोकिएको मतदान केन्द्रबाट मतदान गरेका छन् । 

Muktinath Bank

कतिपय कलाकार विभिन्न कारणवश मतदान गर्नबाट वञ्चित हुने देखिएपछि धेरै कलाकारहरूले मतदान गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिउँसो १ः३० बजेसम्ममा थुप्रै कलाकारहरूले मतदान गरिसकेका छन् । अभिनेता राजेश हमालले काठमाडौं लैनचौरस्थित जननाथ स्मृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहान ११ बजे मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

मतदानपश्चात उनले ५ वर्षपछि आफू राजनीतिमा आउने समेत उद्घोष गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि मतदान गरिसकेकी छन् ।

Vianet communication
Laxmi Bank

उनले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका–३ वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् । पति विनोद मानन्धरसँग मतदान गर्न पुगेकी उनले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताउँदै आगामी चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरेकी छन् ।

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले काठमाडौं क्षेत्र नम्बर-२ स्थित गुहेश्वरी मावि केन्द्रबाट मतदान गरेका छन् । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले विराटनगर पुगेर मतदान गरेकी छन् । उनले मतदानपछि तीन तस्बिरहरू फेसबुकमा शेयर गरेकी हुन् । अभिनेत्री संचिता लुइँटेलले काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिर मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

निर्देशक एवं अभिनेता निश्चल बस्नेतले पनि मतदान गरिसकेका छन् । मतदानपश्चात फेसबूकमा तस्वीर राख्दै उनले लेखेका छन्, ‘औंलामा लाइन कोरेको मात्र होइन, आफ्नो भविष्य पनि रोजेको हो । आशा गरौं जित्नेहरूले देशको भलो गरुन्, आशा गरौं देशको भलो गर्नेहरूले जितून् ।’ 

अभिनेत्री स्वस्तिमा खड्काले पनि मतदान गरिसकेकी छन् । मतदानपश्चात एक तस्वीर फेसबूकमा शेयर गर्दै उनले परिवर्तनका लागि मतदान गरेको उल्लेख गरेकी छन् । 

हास्य अभिनेता निर्मल शर्मा ‘गैडा’ले काठमाडौं क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेता शर्माले पनि अब आफू सक्रिय राजनीतिमा लाग्ने बताएका छन् ।

हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले सर्लाहीबाट मतदान गरेका छन् । उनले बरहथवा नगरपालिका–१५ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

चलचित्र निर्देशक एवं अभिनेता नवल खड्काले खोटाङबाट मतदान गरेका छन् । खोटेहाङ्ग गाउँपालिका सिम्पानीबाट उनले मतदान गरेका हुन् । चलचित्र निर्देशक मनोज पण्डितले मतदान गरिसकेका छन् । काभ्रे–२ मा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले सोही क्षेत्रको मतदान केन्द्रबाट मतदान गरेका हुन् । अभिनेता मनोज गजुरेलले सूर्यविनायक–२ बालकोटको बालविनायक मतदान केन्द्रबाट मतदान गरेका छन् ।

गायकप्रमोद खरेलले गृहजिल्ला झापाबाट मतदान गरेका छन् । केही कलाकारहरू भने विभिन्न कारणवश मतदान गर्नबाट वञ्चित देखिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x