कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | मंसिर ४, २०७९
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरसहित विजयी हुने लोकान्तर ‘एक्जिट पोल’ले देखाएको छ ।
चितवन– २ का ५ सय मतदातामा गरिएको सर्वेक्षणमा रवि फराकिलो मतान्तरले विजयी हुने देखिएको हो । चुनावी घरदैलोको शुरू र अन्तिम समयमा चितवनका ५ सय मतदातासँग कुराकानी गरिएको थियो ।
सर्वेक्षणमा सहभागीमध्ये ६३ प्रतिशत मतदाताले यसपटक रवि लामिछानेलाई मत दिने बताए । रविलाई मत दिने बताएकामध्ये ६० प्रतिशतले समानुपातिकमा पनि घण्टीलाई नै भोट हाल्ने बताएका थिए भने ४० प्रतिशतले समानुपातिकमा आफू सम्बद्ध (पुरानै दल)लाई मत दिने धारणा व्यक्त गरे । यसले पुराना दलका कार्यकर्ताको मत समेत रविले आफूतर्फ आकर्षित गरेको प्रस्ट हुन्छ ।
रविलाई मत दिने बताएकाहरू आफ्नो डिसिजनमा एकदमै प्रतिबद्ध देखिएका थिए ।
सर्वेक्षणमा सहभागीमध्ये १३ प्रतिशतले नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल र ११ प्रतिशतले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई मत दिने बताए ।
पोखरेल यसअघि चितवन– २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने समानुपातिक सांसद रहेका श्रेष्ठ देउवा सरकारका राज्यमन्त्री हुन् । आइतवार सम्पन्न मतदानको गणना रातिबाटै शुरू हुँदैछ ।
सर्वेक्षणमा सहभागीमध्ये ४ प्रतिशतले राप्रपालाई भोट दिने बताए । ७ प्रतिशत मतदाता खुल्न चाहेनन् भने २ प्रतिशतले भोट नै नहाल्ने बताएका थिए ।
‘कसलाई भोट दिएर के भयो ? यसपटक भोट दिनै नजाने,’ २ प्रतिशत मतदाताको जवाफ थियो ।
पुराना दलहरूसँग असन्तुष्ट अन्य मतदाताले भने यसपटक नयाँलाई मत दिने सोच बनाएको बताएका थिए ।
१९ देखि ७८ वर्षका मतदातासँग गरिएको थियो कुराकानी
सर्वेक्षणमा १९ देखि ७८ वर्षका मतदाता सहभागी थिए । पहिलोपटक मतदान गर्न लागेकादेखि छैटौंपटक मतदान गर्न लागेका नागरिकसम्मलाई लोकान्तर सर्वेक्षणमा सहभागी गराइएको थियो ।
चितवन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका वडाहरू, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा बजार तथा ग्रामीण इलाकासम्म पुगेर सर्वसाधारण, पेशाकर्मी र व्यवसायीहरूसँग कुराकानी गरिएको थियो ।
व्यापारी, पेशाकर्मी, गृहिणी, किसान, शिक्षक, रिक्सा चालक, वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति, बेरोजगार युवा र विद्यार्थीहरूले अभिमत प्रकट गरेका थिए ।
लोकान्तरसँगको कुराकानीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) जस्ता स्थापित दलका सक्रिय कार्यकर्ताले पनि यसपटक चुपचाप ढंगले रवि लामिछानेको पार्टीलाई भोट दिने बताएका थिए ।
‘देश र जनताको मुहार फेर्न भनेर राजनीतिमा लागेका हौं । जनताको जीवनमा परिवर्तन नभएपछि हामीले पुरानो पार्टीलाई नै दिनुपर्छ भन्ने छैन,’ सर्वेक्षणमा सहभागी नेकपा एमालेका एक सक्रिय कार्यकर्ताले भने ।
केही युवाले रविलाई भोट हाल्नकै लागि खाडी मुलुकबाट फर्केको बताएका थिए भने केही रविको पक्षमा अभियान सञ्चालन गर्न भनेर विदेशबाट फर्किएको भेटिए ।
युवामात्र नभई ६० वर्ष माथिका वृद्धवृद्धाले समेत नयाँलाई भोट दिने बताएका थिए । उम्मेदवारसँग प्रत्यक्ष भेट नभए पनि टेलिभिजन र भिडियो हेरेर रविलाई चिनेको धेरैले बताएका थिए ।
चितवनको शहरी र ग्रामीण क्षेत्रका मतदाताले उस्तै खालको प्रतिक्रिया जनाएका थिए ।
पुराना उम्मेदवार मात्र होइन शीर्ष नेतासँगै आक्रोश
यसपटकको चुनावमा रवि लामिछानेको पार्टीले उभार ल्याएको चितवनकै एक क्षेत्रबाट विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए । यसपटक पनि सोही क्षेत्र (चितवन– ३) मा दोहोरिने तयारीमा रहेका प्रचण्ड अन्तिम समयमा गोरखा सरेका थिए । प्रचण्ड गोरखा नगएको भए चितवन– ३ बाटै चुनाव लड्ने रविको तयारी थियो ।
मत सर्वेक्षणमा सहभागीहरूले स्थानीय उम्मेदवारभन्दा पनि स्थापित दलका नेतृत्वसँग गुनासो र आक्रोश व्यक्त गरेका थिए । सत्ता सञ्चालनको अवसर पाएका दलका नेता पटक–पटक प्रधानमन्त्री बने पनि जनताका समस्या समाधान नभएकाले विकल्प खोज्न लागिएको उनीहरूको धारणा थियो ।
सञ्चारकर्मीका रूपमा काम गरेर देखाएको र सरकारको नेतृत्व गर्ने अवसर पाए रविले भ्रष्टाचार नगर्ने विश्वास मतदाताले व्यक्त गरे ।
टेलिभिजन कार्यक्रमको लोकप्रियतापछि रविले गत साउनमा नयाँ पार्टी खोलेका थिए । रविले टेलिभिजन पत्रकारितामार्फत वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका र ठगिएकाहरूलाई उद्धार तथा विभिन्न खालका अनियमिततामा खबरदारी गरेका कारण मतदाता उनीप्रति बढी प्रभावित भएको पाइयो ।
‘राजनीतिक दलका नेतालाई गाउँमा चोर आएछ भनेर टिप्पणी गर्छन्,’ भन्ने अभिव्यक्तिका कारण राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति पनि आकर्षण पाइयो । राप्रपाप्रति आकर्षित पाइएका मतदाताले लिङ्देनको अर्को अभिव्यक्तिको समेत प्रशंसा गरेका थिए ।
‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो’ भन्ने लिङ्देनको अभिव्यक्ति मतदातामा तल्लो तहसम्मै पुगेको देखियो । कतिपयले यही कारण राप्रपालाई भोट दिने बताए ।
यसपटक रवि र उनको पार्टीलाई मत दिने बताएका बहुसंख्यक मतदाताले विगतका निर्वाचनमा नेपाली कांग्रेस र एमालेमा भोट हाल्दै आएको बताए ।
ती पार्टीसँगको आबद्धता कायम राख्दै चुपचाप यसपटक ‘ट्रायल’ गर्न लागेको उनीहरूको भनाइ थियो ।
एमालेका पोखरेललाई भोट दिने बताएका मतदाताले विगतमा सूर्यलाई नै भोट दिँदै आएको र यसपटक पनि दोहोर्याउन लागेको बताए ।
एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले यसपटक पनि उसैलाई भोट दिन लागेको ती मतदाताको भनाइ थियो ।
विगतदेखि नै कम्युनिस्ट उम्मेदवारलाई भोट दिएकाले यसपटक पनि वामपन्थी दललाई भोट दिने केहीको तर्क थियो ।
नेपाली कांग्रेसका उम्मेदवारलाई भोट दिने बताएका मतदाताले नेपाली कांग्रेसले देशलाई अहित हुने काम नगरेको दाबी गरे । उनीहरूले फेरि पनि गठबन्धनको सरकार बन्ने भएकाले कांग्रेसलाई भोट दिन चाहेको बताए ।
कम्युनिस्टहरूले देश सम्हाल्न नसकेपछि कांग्रेसले देशलाई निकास दिएको र फेरि पनि कांग्रेस आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
समानुपातिकमा देशभरबाट अप्रत्याशित मत !
चितवनमा मात्र होइन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट समानुपातिकतर्फ पनि अप्रत्याशित मत पाउने लोकान्तर डट्कमको सर्वेक्षणले देखाएको छ ।
सिन्धुली, महोत्तरी, सर्लाही, बारा, चितवन, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, रुपन्देही, दाङ, बाँके र कैलालीका दुई हजारभन्दा बढी मतदातासँग गरिएको सर्वेक्षणमा रास्वपाको पक्षमा अभूतपूर्व माहोल देखिएको हो।
मतदाताले परिवर्तनको पक्षमा रविलाई भोट हाल्न लागेको बताएका थिए । प्रत्यक्षमा कांग्रेस, एमाले, माओवादी या अन्य दललाई भोट दिए पनि एक भोट स्वतन्त्र पार्टीलाई दिने उनीहरूको भनाइ थियो ।
देशमा भ्रष्टाचार बढेको, राजनीतिक दलका नेताले आफ्ना मान्छेलाई मात्र पोस्ने काम गरेको आदि कारणले नयाँलाई भोट दिन लागेको उनीहरूले बताएका थिए ।
सर्वेक्षणमा सहभागीहरूले पुराना दलप्रतिको असन्तुष्टिका कारण नयाँ पार्टी रोज्न लागेको बताएका थिए ।
सिन्धुलीको कमलामाई नगरपालिकाका– १२ का अमृत कार्की, कमलामाइ– ५ का समीर श्रेष्ठ, कमलामाइ– ६ का पदमबहादुर दुलाल र कमलामाइ– ७ का राजकुमार श्रेष्ठले समानुपातिकतर्फ घण्टीमा मतदान गर्न लागेको बताए ।
बारा निजगढकी रचना लामा, सीमा चौलागाईं, सन्तमाया श्रेष्ठ, पार्वती लामा, बुद्धिलाल श्रेष्ठ र सुनिता श्रेष्ठले पनि रवि लामिछानेको पार्टीलाई भोट दिने बताए ।
नवलपरासी बर्दघाट– १३ का चन्द्रिका थारु, सन्तोष हरिजन, धर्मराज हरिजन, सञ्जीव गुरुङ, उमाशंकर चौधरीले समानुपातिकमा घण्टीलाई भोट दिने बताए ।
रूपन्देही देवदहका सुनिता पाण्डे, सुमन रायमाझी, तिलक काफ्ले, नवीन खड्का, मनबहादुर पौडेल, अमेरिका यादव र अरुण भण्डारीलगायतले पनि यसपटक स्वतन्त्र पार्टीलाई भोट दिने बताए ।
पोखरा– ३ कास्कीका सन्दीप ढुंगाना र कृष्णराज पराजुली, पोखरा– १७ का कुलबहादुर कुँवर, माइक तमु गुरुङ, पोखारा– २२ का डासुराम बराल, सीता आचार्य, पोखरा– ७ का मोहन गुरुङ, कृष्ण नेपाली, सरिता अधिकारी, प्रकाश वाग्ले लगायतले घण्टीको पक्षमा अभिमत दिए ।
स्याङ्जा वालिङ– ९ का किसान गैरे, राधा डुम्रे, अमृत कुँवर, रेशम भट्टराई, सुरेश श्रेष्ठ, भीरकोटका शोभाकान्त पाण्डे, चण्डी पाठक, शिवप्रसाद तिवारी, गल्याङका सुन्दर श्रेष्ठ, नारायण ज्ञवाली, खुमनाथ भण्डारी सृष्टि पाठक, भीम सुनार र विष्णु श्रेष्ठले समानुपातिकमा रविको पार्टीलाई भोट दिने बताए ।
दाङको घोराही– ३ का दीनानाथ आचार्य, घोराही– १५ का दामोदर पाण्डे, घोराही– १५ की देवी रोका, शारदा ठकुरी, सुशीला बस्नेत, घोराही– १३ का शुभराम नेपाली, घोराही– १५ का शेखर भुसाल र अर्जुन रावत, घोराही १८ का मदन नेपाली, घोराही– १५ का शिवशंकर देवकोटा, घोराही– ४ का भीमबहादुर विकास, हिरा डाँगी र निराजन देवकोटालगायतले घण्टीको पक्षमा अभिमत प्रकट गरेका थिए ।
बाँकेका रामबहादुर गुरुङ, नेपालगञ्जका सञ्जय कौशल, सुरज खड्का, उमेश सापकोटा, शिवराज गौतम, विनोद श्रेष्ठ, सूर्य थापालगायत सर्वेक्षणमा सहभागी थिए ।
कैलाली अत्तरियाका राजेन्द्र ओझा, गोदावरी नगरपालिका– २ की शान्ता भण्डारी, परशुराम चौधरी, गोदावरी नगरपालिका– १ का रिसव खड्का, शारदा भट्टराई, प्रकाश डगौरा, हिक्मत केसी, प्रकाश नेपाली, रेशम परियार, नरेश थापालगायतले पनि समानुपातिकमा घण्टीमा भोट हाल्ने बताए ।
सर्वेक्षणमा सहभागीहरूले प्रदेशको संरचनाका कारण महंगी बढेको राय व्यक्त समेत गरेका थिए । प्रदेशको संरचना खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने उनीहरूको राय थियो ।
लोकान्तरले देशभर पुगेर गरेको चुनावी रिपोर्टिङ पढ्न योलिंक जानुहोस् : लोकान्तरमा प्रकाशित चुनावी समाचारहरू
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...