२८ जेठ २०८३, बिहीबार

दलहरूबीचको विवाद मिलेपछि दैलेख–२ मा मतगणना शुरू

दलहरूबीचको विवाद मिलेपछि दैलेख–२ मा मतगणना शुरू

दैलेख प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को मतगणना शुरू भएको छ । आइतबार ठाटीकाँध गाउँपालिकास्थित जनता आधारभुत विद्यालय केन्द्रको एउटा मतपेटिका प्रहरी चौकीमा छाडिएको विषयलाई लिएर विवाद हुँदा गणना रोकिएको थियो । 

दुल्लु नगरपालिकाको कार्यालयमा केहीबेर अघि मतगणना शुरू भएको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले जानकारी दिए ।

यस क्षेत्रमा ४४ हजार ४७६ मत खसेको थियो । प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका दिक्पाल शाही र एमालेबाट लक्ष्मीप्रसाद पोखरेल मुख्य प्रतिस्पर्धामा छन् ।

प्रदेश सभा–१ तर्फ गठबन्धनबाट कांग्रेसका घनश्याम भण्डारी र एमालेबाट तिलक रिजाल तथा प्रदेश–२ मा गठबन्धनबाट माओवादी केन्द्रका योगेन्द्र शाही र एमालेका विनोदकुमार शाह उम्मेदवार छन् ।

salt training

कमेन्ट गर्नुहोस्