२९ जेठ २०८३, शुक्रबार

कालीकोटमा मतगणना शुरु, गोलाप्रथाबाट गणना क्षेत्रको टुंगो

कालीकोटमा मतगणना शुरु, गोलाप्रथाबाट गणना क्षेत्रको टुंगो

कालीकोटमा प्रतिनिधि सभातर्फको मतगणना शुरु भएको छ । कुन केन्द्रबाट गणना गर्ने भन्ने विषयमा दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा गोलाप्रथाबाट टुंगो लगाइएको हो ।

गोलाप्रथाबाट प्रदेश सभा क्षेत्र १ मा पर्ने शुभकालिका गाउँपालिकाबाट गणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का नगिन्द्र शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल (पुतली चिन्ह) प्रतिष्पर्धामा छन् । 

गठबन्धनका उम्मेदवार महेन्द्र कर्णालीका पूर्व मुख्यमन्त्री हुन् भने स्वतन्त्र उम्मेदवारी दिएका बराल माओवादी केन्द्रबाट रास्कोट नगरपालिका प्रमुख (२०७४–२०७९) थिए । एमाले उम्मेदवार शाही पार्टीका केन्द्रीय सदस्य हुन् । आइतवार सम्पन्न मतदानमा यहाँ प्रतिनिधि सभातर्फ ४६ हजार ६९९ मत खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्