२५ असार २०८३, बिहीबार

विश्व प्रकाशले भने– गगनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री प्रस्ताव गर्छु

विश्व प्रकाशले भने– गगनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री प्रस्ताव गर्छु

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई कांग्रेस संसदीय दलको नेता तथा प्रधानमन्त्रीमा समेत प्रस्ताव गर्ने बताएका छन् । 

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गगनलाई आफूले संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा पनि प्रस्ताव गर्ने घोषणा गरेका हुन् । मंगलवार सामाजिक सञ्जालमा सन्देश लेख्दै महामन्त्री शर्माले गगनलाई बधाई पनि दिएका छन् । 

थापा नेकपा एमालेका डा. राजन भट्टराईलाई पराजित गर्दै काठमाडौं ४ बाट प्रतिनिधि सभा सदस्य पदका निर्वाचित भएका छन् । शर्मा पनि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित हुने तरखरमा छन् । उनी फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । जारी मतगणनाको ताजा स्थितिमा शर्माले २३ हजार ३८५ मत पाएका छन् भने उनलाई एमालेका अग्नि खरेलले १४ हजार ४५ मतसहित पच्छ्याइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्