१० असार २०८३, बुधबार

सी.जी. ब्राण्डको फुटबल ‘वर्ल्डकप’ लक्षित क्यासब्याक योजना बजारमा

सी.जी. ब्राण्डको फुटबल ‘वर्ल्डकप’ लक्षित क्यासब्याक योजना बजारमा

नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ब्राण्डले चलिरहेको फुटबल वर्ल्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना लिएर आएको छ । विशेष फुटबलप्रेमी ग्राहकहरूका लागि उत्कृष्ट वर्ल्डकप अनुभव लिनका लागि सी.जी.का उत्कृष्ट टेलिभिजनहरूमा रु. ५० हजार ९०० सम्मको आकर्षक क्यासब्याक रहेको छ । यस अवसरमा यस विशेष योजनाको लाभ उठाई ग्राहकहरूले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

नेपालको आफ्नै ब्राण्ड सी.जी. ले नेपालकै एकमात्र ‘गुगल–सर्टिफाइड टि.भी.’ बजारमा उपलब्ध गराउँदै आएको छ । जसमा ग्राहकहरूले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्नेछन् । उत्कृष्ट पिक्चर क्वालिटीलगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरूसहित सी.जी.सँग फुटबल प्रेमीहरूहरू वर्ल्डकपको पूर्ण मजा लिन सक्नेछन् । साथै, नयाँ रु. ५० हजार ९०० सम्मको क्यासब्याक योजनाले गर्दा उक्त टि.भी.हरूमा ग्राहकहरूको पहुँच झनै सरल र सहज हुनेछ । 

यस सि.जी. ब्राण्डका टिभीहरू २४ इन्च देखि ७५ इन्चमा उपलब्ध छन् । जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरूका साथै एन्ड्रोइड टि.भी.हरूसहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टि.भी उपलब्ध छन् । हरेक सी.जी. टि.भी.हरूमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरू पनि रहेका छन् । यसमा ‘फाईभ जी’नेटवर्कको क्षमतालगायत डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टि.भी. हेराइको अनुभव प्रदान गर्नको लागि मोसन इस्टिमेट एण्ड मोसन कम्पेन्सेसन फिचर पनि रहेको छ भने टु वे ब्लुटुथ फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्