×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चुनावले ल्याएको उथलपुथल: प्रधानमन्त्री बन्ने गगनको आकांक्षामा रविको उदयले पुग्ला बल ?

मंसिर ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

यसै साता सम्पन्न प्रतिनिधिसभा निर्वाचनले देशमा एकप्रकारको राजनीतिक उथलपुथल ल्याइदिएको छ । पुराना र स्थापित राजनीतिक दललाई झस्का दिनेगरी केही नयाँ दलको उदय भएको छ ।

Muktinath Bank

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले राजधानी काठमाडौं उपत्यकाका एकतिहाइ सीट कब्जा गरेको छ । काठमाडौं बाहिरबाट पनि केही सीट जित्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समानुपातिकतर्फ उल्लेख्य सीट ल्याउने अपेक्षा गरिएको रास्वपाले देशका विभिन्न ठाउँमा घण्टी बजाइरहेको छ । 


Advertisment
Nabil box
Kumari

प्रत्यक्षतर्फ धेरै सीट नजिते पनि उसले देशका विभिन्न क्षेत्रमा समीकरणमा फेरबदल ल्याइदिएको छ । अहिलेसम्मको रुझान हेर्दा नयाँ सत्ता समीकरणमा स्वतन्त्र पार्टी ‘किङ मेकर’ हुने विश्लेषण गरिँदैछ । 

Vianet communication
Laxmi Bank

पूर्वी तराईमा सीके राउतको जनमत र पश्चिम तराईमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले चमत्कार गरे । पछिल्लो डेढ दशकमा सत्ता राजनीतिको केन्द्रमा रहेका उपेन्द्र यादवलाई तराईमै छाडेर सीके राउतले काठमाडौं आउने साइत पक्का गरिसकेका छन् ।

मधेशका क्षेत्रीय राजनीतिक दलको अस्तित्व संकटमा परेका बेला सीकेले आफूलाई मधेशको नयाँ शक्तिको रूपमा स्थापित गरेका छन् । मधेश प्रदेश सरकार गठनमा उनको भूमिका हस्तक्षेपकारी हुने निश्चित छ ।

जेलभित्रै बसेर रेशम चौधरीले पश्चिम तराईको थरुहट क्षेत्रमा तहल्का पिटेका छन् । कैलाली र बर्दियामा रेशमको पार्टीले कीर्तिमानी जीत हासिल गर्दैछ । थारु बाहुल्य अन्य जिल्लामा पनि उसको पार्टीले समीकरणमा फेरबदल ल्याइदिने खालको मत ल्याइरहेको छ । 

संविधान जारी गर्ने समयमा भएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकारका रूपमा किटान गरिएका रेशमले जेलबाटै शक्ति सञ्चय गरेर चुनावमा पोखिदिएका छन् । स्मरणीय छ, २०७४ सालमा प्रतिनिधिसभा निर्वाचित भए पनि उनी एक दिन पनि संसद्मा हाजिर हुन पाएनन् ।

यसपटकको चुनावमा पूर्वपञ्चको पार्टी राप्रपा समेत सत्ता समीकरणमा निर्णायक बन्ने संकेत गर्दैछ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित उपाध्यक्ष विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान र नवप्रवेशी ज्ञानेद्र शाहीले अग्रता लिइरहेका छन् । महामन्त्री धवल शमशेरले जीत निकालिसकेका छन । 

समानुपातिकतर्फ पनि राप्रपाले राम्रो मत ल्याइरहेको छ । ‘राजनीतिक दलका नेतालाई गाउँँमा जाँदा चोर आयो भन्छन्’ भन्नेजस्तो अभिव्यक्तिका कारण राप्रपाले यसपटक एकप्रकारको चमत्कार नै गर्‍यो ।

अहिलेसम्मकै खतरनाक त्रिशंकु संसद्

बुधवार अपरान्हसम्मको प्रारम्भिक संकेतहरूले नयाँ प्रतिनिधिसभा संसदीय भाषामा ‘हङ्ग पार्लियामेन्ट’ बन्ने स्पष्ट देखिएको छ । हाम्रो निर्वाचन प्रणालीको खोटका कारण कुनै राजनीतिक दलले बहुमत ल्याउने अवस्था छैन । चुनावपछि कसको र कस्तो सरकार बन्छ भनेर अहिल्यै पूर्वानुमान गर्नु हतारो हुन्छ । तर, गठबन्धनको मिलिजुली सरकार बन्ने निश्चित छ ।

नेपाली कांग्रेसको नेतृत्व या कांग्रेसको सहभागिताको सरकार बन्ने अनुमान गर्न सकिन्छ । यो चुनावबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्दैछ, तर सरकार गठनका लागि अन्य दलको सहयोग लिनु अनिवार्य हुनेछ । 

नयाँ सरकार गठन गर्दा कांग्रेसले सत्ता गठबन्धनका दलको सहायता लिन्छ कि नयाँ उदाएका राजनीतिक दलसँग सत्ता साझेदारी गर्छ, यो अझै प्रस्ट भइसकेको छैन । 

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नका लागि माओवादी केन्द्रको मात्र साथले बहुमत नपुग्न सक्छ । रवि लामिछाने नेतृत्वको रास्वपा, राप्रपालगायत दललाई सामेल गरेर कांग्रेसले सरकार गठनको पहल गर्न सक्छ । 

मंसिर १५ पछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका थिए । स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा चुनावमा एमालेले अवस्था केही सुधार गरेको छ । 

दोस्रो तहका प्रभावशाली नेताहरूलाई चुनाव जित्न मुस्किल परे पनि नयाँ अनुहारले चुनाव जितेका छन् । 

दुईदुई पटकको प्रतिनिधिसभा विघटनको असर संसदीय चुनावमा पर्छ भनेर भएका विश्लेषणलाई एमालेले गलत सावित गरिदिएको छ ।

पहिलो दलबाट दोस्रोमा खुम्चिनु परे पनि कांग्रेससँग धेरै फराकिलो अन्तर नहुने देखिएको छ । त्रिशंकु संसदमा एमालेको नेतृत्वमा या एमालेको समर्थनको सरकार बन्ने सम्भावनालाई पूरै नकार्न सकिँदैन । 

एमाले गठबन्धनबाट चुनाव लडेका जसपा र राप्रपा मात्रको समर्थनमा बहुमत पुग्न मुस्किल हुन्छ । यो गठबन्धनले सरकार बनाउन खोज्यो भने पनि रवि लामिछाने लगायतको समर्थन अनिवार्य हुनेछ ।

कतिपयले रविको पार्टीले एमालेलाई समर्थन गर्न सक्छ भनेर टिप्पणी गरिरहेका छन् । तर, रविले पुरानै व्यक्तिको नेतृत्वमा सरकारमा नजाने प्रस्ट पारिसकेका छन् । यस्तो अवस्थामा एमालेले नयाँ अनुहार अघि सार्ने सम्भावना पनि कम देखिएको छ ।

प्रधानमन्त्रीका लागि गगन पुस्ताको हस्तक्षेप

प्रतिनिधिसभा चुनावको मिति घोषणा नहुँदै कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने बताएका थिए । गगनले प्रधानमन्त्री दाबी गरेपछि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका थिए, अमेरिकामा रहेका बेला । 

चुनावअघि नै प्रधानमन्त्रीमा दाबी गरेपछि कांग्रेसको एउटा समूह उनलाई हराउन लाग्छ भनेर चर्चा नभएको होइन । स्वयं गगन निकट व्यक्तिहरूले काठमाडौं– ४ मा चलखेल भइरहेको बताएका थिए । तर, गगनले आफ्नो लक्ष्य र इच्छा लुकाएनन् । मतदान गरेलगत्तै पनि उनले संसदीय दलको नेता बन्न पहल गर्ने बताए ।

त्यो बेला गगनलाई चुनाव नजित्दै प्रधानमन्त्रीको महत्त्वाकांक्षा राखेको भनेर खिसीट्युरी पनि भयो ।

मंगलवार बिहान फराकिलो मतान्तरले गगन विजयी भएको घोषणा भयो । निर्वाचित भएको घोषणालगत्तै गगनले आजदेखि नै संसदीय दलको नेता बन्नका लागि प्रयास थाल्ने बताएका थिए । 

चुनाव जितेपछिको संक्षिप्त सम्बोधनमा गगनले चुनाव जितेर आउँदै गरेका सांसदलाई जनताको मत मात्र नभई मन पनि बुझेर आउन भनेका थिए । प्रस्ट नभने पनि पुराना नेताप्रति देखिएको वितृष्णालाई गगनले संकेत गरेका थिए । 

गगनलाई बधाई दिने क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्थपूर्ण सन्देश लेखेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ ।’

संसदीय दलको नेतामा गगनलाई प्रस्ताव गर्ने भनेर विश्वप्रकाशले कित्ता क्लियर गरिसकेका छन् । ज्योतिषीको भविष्यवाणी अनुसार दुई कार्यकाल प्रधानमन्त्री बन्ने किस्ता बाँकी रहेका शेरबहादुर देउवादेखि रवीन्द्र मिश्रलाई पराजित गरेका प्रकाशमान सिंहसम्मले प्रधानमन्त्रीका लागि आकांक्षा देखाएका छन् । 

रामचन्द्र पौडेलले त देशको नेतृत्व गर्ने चाहाना वर्षौंदेखि व्यक्त गरिरहेका छन् । अधिकांश पुरानै अनुहार दोहोरिएको कांग्रेसमा संसदीय दलको नेता चयन हुन गगनलाई सहज छैन । तर, कांग्रेसमा अब पुरानो नेताले जनताको भावना र पार्टीको शाख जोगाउन सक्दैनन् भन्ने जनमत जबरजस्त विकसित भइरहेको छ । 

विश्वप्रकाश, प्रदीप पौडेल लगायतको पुस्ताले संसदीय दलमा गगनलाई जिताउन पक्कै पहल गर्नेछ ।

गगनलाई मात्र रविको साथ !

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुअघि गगन थापाले रविलाई नेपाली कांग्रेसमा प्रवेश गराउन कोशिश गरेका थिए । 

चुनावमा रोजेको क्षेत्र दिने र त्यसपछि मन्त्री सुनिश्चित गर्ने आश्वासन समेत दिएका थिए । तर, रवि कांग्रेसको पिँजडामा बस्न चाहेनन् । नयाँ पार्टी गठन गरे । पार्टी गठन गरेको छोटो समयमा उनले आफ्नो दललाई एउटा उदीयमान शक्तिको रूपमा स्थापित गरेका छन् । 

संसद्मा नयाँ सत्ता समीकरणका लागि निर्णायक हुने ठानिएका रविले पुरानै नेताको नेतृत्वमा सत्ता साझेदारी नगर्ने स्पष्ट गरिसकेका छन् । अर्थात्, उनले सत्तामा फ्रेस अनुहार खोजिरहेका छन् । 

चुनावअघि लोकान्तरसँगको छोटो अन्तर्वार्ता र चुनावपछि आएका उनका अभिव्यक्तिले पनि उनी पटक–पटक प्रधानमन्त्री बनेर परीक्षण भइसकेका नेताको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने छैनन् । 


समानुपातिकमा आउने उनको सीटले रविको राजनीतिक पावर झन् बढाउने छ । त्रिशंकु संसद्मा अनेक खेल हुन्छन् । संवत् ०५० को दशकमा कांग्रेस र एमालेलाई खेलाएर राप्रपाले पटक–पटक सरकारको नेतृत्व गरेको थियो । घण्टीको उदयका कारण आफ्नो भविष्य खतरामा देखेको राजनीतिक दलले एकले अर्कोलाई रोक्न रविलाई प्रधानमन्त्री प्रस्ताव गर्ने सम्भावनालाई नकार्न सकिँदैन । 

तर, अन्तिम चिट्ठा परेका दलका पुराना नेताले सकेसम्म गगन र रवि पुस्तालाई देशको नेतृत्वमा पुग्न रोक्ने नै छ ।

परन्तु, जतिसुकै अवरोध भए पनि देशको नेतृत्वमा युवा पुग्ने कुरालाई पूरै निषेध गर्ने ताकत भने विश्वास गुमाएका दलका शीर्ष नेतासँग छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x